पोखरामा पनि राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम मनाइने

-


     पोखरा क्लिक     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, कात्तिक,

आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी
कर दिवस मनाउने भएको छ।“करप्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ
राष्ट्रिय कर दिवस आउदो मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी
मनाउन लागिएको हो।

मंसिर १ गते विहान ७ः३० बजे पोखरा सभागृह देखि सृजनाचोक
हुँदै रत्‍नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभावतफेरि गरी राष्ट्रिय कर
दिवसको शुभकामना आदानप्रदान कार्यक्रम हुने छ।

यसै गरी मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत सँघ संगठनसँग अन्तरक्रिया, कर
सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद कार्यक्रम
हुनेछन्। मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट
करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी
राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ ।

आर्थिक ऐनले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई
जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने छ। आर्थिक ऐनले
स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर
लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ।व। सम्मको विवरण
बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र
सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म
छुट सुविधा दिने व्यवस्था गरेको छ। कार्यालयबाट कर दिवस तथा कर सप्‍ताह
कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक

कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा
करदातालाई सुसूचित गर्ने लगायतका विभिन्‍न कार्यक्रमहरू संचालन हुने छन्।