देश तथा समाज पत्रिका

लेकसिटी कलेजको संचालक समितिको अध्यक्षमा पुनः प्राडा पराजुली

पोखरा, ४ असोज पोखरा वडा नं ४ स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समितिको अध्यक्षमा पुनः प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायण कुमार श्रेष्ठ रहेका छन् । लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयूक्त रुपमा व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए । संस्थापक अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले कलेजले पढाइ सँगै… पुरा पढौ

४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास, २०८३ साल माघ १६ सम्म सक्नुपर्ने

पोखरा, ३ असोज, कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ । शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान… पुरा पढौ

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

पोखरा ३ असोज, हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् । क्लवको विहीवार सम्पन्न २८ औं साधारण सभा तथा १४ औं अधिवेशनले निवर्तमान अध्यक्ष सुशील वस्नेत,प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा,सचिवमा तुलवहादुर वस्नेत, सहसचिवमा मनु वस्नेत,कोषाध्यक्षमा लक्ष्मी पौडेल र सह कोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए।त्यस्तै सदस्यमा राजकुमारी वाँनिया,लक्ष्मी श्रेष्ठ,विष्णु नेपाली,सुवाष तिमिल्सीना,सरीता अधिकारी,केशव थापा,रामशरण वाँनिया,खगेन्द्र थापा र… पुरा पढौ

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ

पोखरा कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी संघको सदस्यहरुमा बिजय कार्की, चिन्तामणी बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक रहेको… पुरा पढौ

टान गण्डकीको आयोजनामा ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असोज ३, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले युएसएडको सहयोगमा विहीबार ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा पर्यटन पदयात्रामा जाने गाईड तथा पोर्टरहरुलाई दीगो पर्यटनका लागि पदयात्रामा जाँदा गर्नुपर्ने अभ्यास, जानेर होस् वा नजानेर त्यहाँ पुग्ने पर्यटक वा पदयात्रीले वातावरणमा पु¥याईरहेको हानी, नोक्सानीलाई कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सचेतमूलक जानकारी दिइएको थियो । कार्यक्रमको समापनमा बोल्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन… पुरा पढौ

केन्द्र सरकारले समयमै कानून नवनाउदा प्रदेश सरकारलाई कठिन

दीननाथ बरालपोखरा ,३ असोज, गण्डकी प्रदेशको राजधानि पोखरामा पनि संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । संविधान दिवस गण्डकी प्रदेशको मुल समारोहको आयोजनामा पोखरामा प्रभात फेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाईएको हो । पोखराको शहिद पार्कबाट सुरू भएको प्रभात फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित मन्त्री, सांसद, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभात फेरीमा एपिएफको ब्याण्ड बाजा, विभिन्न जनजातिको… पुरा पढौ

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो । पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति… पुरा पढौ

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान प्रकट गर्नुभएको हो । नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप २०७२ साल असोज ३… पुरा पढौ

पोखरा सडक पेटिका रुख विरुवा काटछाट् भए पछि….

.दीननाथ बराल,पोखरा २, असोज, केही दिन अघि पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसबुक स्टाटस लेख्दै बिद्युत प्राधिकरणका कार्यालय प्रमुखले आफुखुसि रुख विरुवा काटछाट गरेको आरोप लगाएका छन् । उनले भने “पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा“ परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं, तर धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ, बिद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो… पुरा पढौ

पोखराको नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा, २ असोज, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आठौं सस्करणको खुल्ला क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । ‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताउनु भयो । ए… पुरा पढौ