देश तथा समाज पत्रिका

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पोखरा, ५ भदौ, पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् ।… पुरा पढौ

अल्जाईमर सम्बन्धी जनचेतना जगाउँदै रोट्रयाक्ट

पोखरा, असौज ५ , अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरु लाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताएको छ । पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचतना कार्यक्रमका श्रोत ब्यक्ति डा. देवेशचन्द्र घिमिरेकाका अनुसार यो बिर्सने रोगको तथ्याङ्क नेपालमा बिश्वसनीय नरहे पनि… पुरा पढौ

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

पोखराः ४ असोज अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० पोखराका प्रमुख डा। रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताए ।‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्न सक्छ’, कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा,… पुरा पढौ

लेकसिटी कलेजको संचालक समितिको अध्यक्षमा पुनः प्राडा पराजुली

पोखरा, ४ असोज पोखरा वडा नं ४ स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समितिको अध्यक्षमा पुनः प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायण कुमार श्रेष्ठ रहेका छन् । लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयूक्त रुपमा व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए । संस्थापक अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले कलेजले पढाइ सँगै… पुरा पढौ

४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास, २०८३ साल माघ १६ सम्म सक्नुपर्ने

पोखरा, ३ असोज, कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ । शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान… पुरा पढौ

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

पोखरा ३ असोज, हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् । क्लवको विहीवार सम्पन्न २८ औं साधारण सभा तथा १४ औं अधिवेशनले निवर्तमान अध्यक्ष सुशील वस्नेत,प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा,सचिवमा तुलवहादुर वस्नेत, सहसचिवमा मनु वस्नेत,कोषाध्यक्षमा लक्ष्मी पौडेल र सह कोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए।त्यस्तै सदस्यमा राजकुमारी वाँनिया,लक्ष्मी श्रेष्ठ,विष्णु नेपाली,सुवाष तिमिल्सीना,सरीता अधिकारी,केशव थापा,रामशरण वाँनिया,खगेन्द्र थापा र… पुरा पढौ

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ

पोखरा कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी संघको सदस्यहरुमा बिजय कार्की, चिन्तामणी बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक रहेको… पुरा पढौ

टान गण्डकीको आयोजनामा ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असोज ३, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले युएसएडको सहयोगमा विहीबार ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा पर्यटन पदयात्रामा जाने गाईड तथा पोर्टरहरुलाई दीगो पर्यटनका लागि पदयात्रामा जाँदा गर्नुपर्ने अभ्यास, जानेर होस् वा नजानेर त्यहाँ पुग्ने पर्यटक वा पदयात्रीले वातावरणमा पु¥याईरहेको हानी, नोक्सानीलाई कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सचेतमूलक जानकारी दिइएको थियो । कार्यक्रमको समापनमा बोल्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन… पुरा पढौ

केन्द्र सरकारले समयमै कानून नवनाउदा प्रदेश सरकारलाई कठिन

दीननाथ बरालपोखरा ,३ असोज, गण्डकी प्रदेशको राजधानि पोखरामा पनि संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । संविधान दिवस गण्डकी प्रदेशको मुल समारोहको आयोजनामा पोखरामा प्रभात फेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाईएको हो । पोखराको शहिद पार्कबाट सुरू भएको प्रभात फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित मन्त्री, सांसद, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभात फेरीमा एपिएफको ब्याण्ड बाजा, विभिन्न जनजातिको… पुरा पढौ

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो । पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति… पुरा पढौ