देश तथा समाज पत्रिका

नवलपरासीको हार्ट बजारको रौनक

नवलपरासी २८, असोज, दशैं टिकाको भोलि पल्ट आइतबार नवलपरासीको झरही पुल नजिक आयोजना भएको हार्ट बजारको रौनक । उक्त हार्ट बजारमा दुर्गा भगवानको प्रतिकको रुपमा रहेका मुर्तिहरु प्रर्दशनी पश्चात वसिर्जन गरिएको छ । उक्त हार्ट बजारमा दैनिक उयपभोग्य बस्तु खरिद गर्न हजारौं व्यक्तिहरु सहभागि हुनु भएको थियो । पुरा पढौ

दशैंमा पोखरामा ४ हजार २ सय जना निःशुल्क बस सेवाबाट लाभान्वित

दीननाथ बराल, पोखरा २७, असोज, नेपालीहरुको महान चार्ड दशैं पर्वको अवसरमा दशैं टिकाको दिन(शनिबार) पोखरामा संचालन गरिएको निःशुल्क बस सेवाबाट ४ हजार २ सय जना लाभान्वित हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा संचालन भएको उक्त सेवाबाट ४ हजार २ जना लाभान्वित भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । उक्त अभियानमा सहयोग गर्नेहरु तथा सहकार्य एवं समन्वय गर्नेहरु प्रति प्रजिअ पाण्डेले धन्यवाद दिनु… पुरा पढौ

पोखरामा भेडा–च्याङग्राको बिक्रि भएसंगै मासुमा मुल्य बृद्धि, खसि पनि थोरै सङख्यामा मात्र

दीननाथ बराल,पोखरा २५, असोज, दशैं पर्वको अवसरमा पोखरामा बिक्रिको लागि ल्याइएको भेडा–च्याङग्रा सप्तमी (विहिबार) मै बिक्रि भएकोले खसिको मासुको मुल्यमा बृद्धि भएको छ । यस बर्ष सप्तमी मै भेडा–च्याङग्रा बिक्रि भएकोले त्यसको प्रभावले खसि वोकाको माग गढेकोले आफुहरुलाई खसि वोकाको व्यबस्थापन गर्न कठिन भएको पोखरा खसि बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले पोखरा क्लिकलाई बताउनु भयो । लेखनाथ भण्डारढिकबाट च्याङग्रा खरिद गर्न आएको एक टोली । तष्विर पोखरा क्लिक । शुक्रबार बिहान ११ः०० बजे सम्म खसि तथा वोकाको प्रतिकेजी ६… पुरा पढौ

पोखराको बाराही घाटमा तीन थरी पिङः

पोखरा २५, असोज, पोखराको पर्यटकीय स्थल बाराही घाट क्षेत्र(बाराहीघाट खेल मैदान) मा पिङ खेल्दै स्थानिय एवं पर्यटकहरु ।स्थानियको सक्रियतामा तीन थरीका( चम्राले, रोटै र लिङ्गे) पिङ हालिएको छ । नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आफुहरुले समेत उक्त अयिभानमा सहयोग गरेको पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पोखराक्लिकलाई बताउनु भयो । स्थानियको सक्रियतामा केही बर्ष देखि विभिन्न थरिका पिङ सो क्षेत्रमा हाल्दै आएको उहाँले जनाउनु भयो । पछिल्लो समयमा नेपाली परम्परागत कला संस्कृति लोप हुन थालेकोले त्यसको संरक्षण… पुरा पढौ

पोखराबाट ५६ हजार बढी यात्रु बाहिरिए

दीननाथ बराल,पोखरा २४, असोज, गण्डकी प्रदेशको राजधानि पोखराबाट करिब ५६ हजार यात्रु बाहिरिएका छन्। नेपालीहरुको महान पर्व बिजया दशमी पर्वको अवसरमा विभिन्न पेशा व्यवसाय तथा विभिन्न काम बिषेशले पोखरा आएकाहरु मध्य विहिबार बिहानसम्म करिब ५६ हजार ५ सय यात्रु पोखराबाट बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरिक्षक शोभा पाण्डेले बताउनु भयो । पोखरामा विभिन्न नाकाहुदै लामो तथा छोटो दुरी यात्रा गर्ने उक्त सङख्याका यात्रु पोखराबाट आज विहानसम्म बाहिरिएको उहाँले जनाउनु भयो । अघिल्ला बर्षको तुलनामा यस बर्ष भने दशैंको… पुरा पढौ

१६६ वर्ष अघि स्थापित चण्डीमाई मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा, २४ असोज, पोखराको नयाँ बजारमा वि.सं.१९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ । तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोट मुनी पुर्खाहरूले चण्डीमाई मन्दिरको स्थापना गर्नुभएको स्थानीय समाजसेवी एवम् चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिनुुभयो । तत्कालीन समयमा स्थापना भएको मन्दिर तीनपटकसम्म स्थानान्तरण भएको जानकारी दिदै उहाँले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताउनुुभयो ।मन्दिरमा रहेको… पुरा पढौ

फुलपाती देखि दशमीसम्म होटल बाराही काठमाण्डौं र पोखरामा दशैँ भोज

काठमाडौँ २४, असोज, नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् । होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही… पुरा पढौ

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पोखरा २३, असोज, साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु,… पुरा पढौ

मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

पोखरा २३, असोज, मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे । “म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई… पुरा पढौ

दशैं टिकाको दिनमा पोखरामा ७ रुटमा १८ वटा बसबाट निःशुल्क बस सेवा संचालन हुने (भिडियो) सहित

दीननाथ बराल,पोखरा, २३ असोज, दशैँ टीकाको दिन (शनिबार) पोखरामा निःशुल्क बस सेवा संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको अगुवाईमा पोखरामा ७ वटा रुटमा १८ वटा बसहरुबाट नि शुल्क बस सेवा संचालन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । सर्वसाधारणको सुविधाका लागि मध्यनजर गरी पोखरामा पहिलो पटक दशैं टिकाको दिनमा निःशुल्क बस सेवा संचालन हुने तयारी गरिएको उहाँले जनाउनु भयो । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक पोखरामा धेरै रुटमा… पुरा पढौ