देश तथा समाज पत्रिका

भूपी काव्य पुरस्कार असफल गौतमलाई

थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ । नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पुर्याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए । पुतलीबजार–७,… पुरा पढौ

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ मन्त्री थापा

पोखरा ७, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले ध्यानले व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पु¥याउने बताए । “ध्यान, योग र मानसिक स्वास्थ्यले हाम्रो जीवनमा पु¥याउने योगदान आज मात्र होइन मानव सभ्यताकै इतिहासदेखि नै महत्वपूर्ण रहँदै आएको छ । ध्यान केवल व्यक्तिगत… पुरा पढौ

एनपिएलको बिजेता जनकपुरलाई एक करोड दश लाख पुरस्कार, उत्कृष्ट खेलाडी एरीलाई कार उपहार

काठमाडौँ ६, पुष, नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो । उपाधि सहित जनकपुरले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ । उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लख प्रदान गरिएको छ । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल… पुरा पढौ

पोखराको आकाशमा एकै पटकमा १५ देशका १७ वटा हर्ट बेलुन उड्ने, बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा नेपालका चर्चीत कलाकारको प्रस्तुती हुने

दीननाथ बराल,पोखरा ६, पुष, पोखराको आकाशमा एकै पटकमा १५ देशका १७ वटा हर्ट बेलुन उड्ने भएका छन्। पोखरामा यही पुष ९ गते देखि सुरु हुने बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका १७ वटा हर्ट एयर बेलुन उड्ने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पर्यटनको राजधानि पोखरामा पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा यही पौष ०९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवमा १५ देशका… पुरा पढौ

दोश्रो बिएफटी प्रतियागितामा कोशी प्रदेशको वर्चश्व

दीननाथ बराल, पोखरा ६, पुष, नेपाल फिजिकल टेनिङ एशोशियसन संघिय समिति पोखराको आयोजनामा पोखरामा शनिबार सम्पन्न भएको दोश्रो बि.एफ.टी. प्रतियागिता २०८१ मा कोशी प्रदेशको वर्चश्व रहेको छ । मुख्य गरी कोशी सहित बागमती र गण्डकी प्रदेशका ३० जना खेलाडीहरु बिचको २ किलोमिटर दौडमा कोशी प्रदेशका धावकहरुले उपाधि जित्नु भएको हो । पोखरा रंगशालामा आज(शनिबार) भएको प्रतिष्प्रर्धामा वुसन मगर प्रथम हुनु भएको छ । उहाँले निर्धारित दुरी ५ मिनेट ५३ः९० सेकेण्डमा पार गर्दै उपाधि सहित नगद १० हजार प्राप्त गर्नु भयो… पुरा पढौ

ल्होछार आगमनमा १० बिरामीलाई तमु धिं नेपालले उपचार सहयोग

पोखरा, ६ पुस, तमुहरुको महान पर्व सप्री ल्हो तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले १० जना बिरामीहरुलाई स्वास्थ्योपचार सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ बितरण गरेको छ। तमुहरुको महान पर्व ल्होछार आगमन हुँदै गर्दा बिरामीहरुलाई औषधोपचार गर्न सहयोगहिस भनी तमु धिं नेपालमा स्थापित स्व।मेजर जयबहादुर, स्व।उदयचन्द्र, समाजसेवी मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार अक्षयकोषबाट जनही २५ हजार रुपैयाँ दरले उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो।उक्त कोषका संस्थापक वरिष्ठ समाजसेवी मेजरनी रुपकुमारी गुरुङ र लक्ष्मी गुरुङले सहयोग हस्तान्तरण गर्नुभएको हो। उहाँहरुले… पुरा पढौ

माघ १२ गते देखि पोखरामा टाईगर कप भलिवल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा ६, पुष, पाचौं सस्करणको टाईगर कप राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरको क्लव स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ आउँदो माघ दोश्रो हप्तामा पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको शनिबार पोखरामा सम्पन्न भएको तेस्रो साधारण सभाको अवसरमा बोल्दै संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले उक्त प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुने भएको बताउनु भएको हो । पोखरामा खेल पर्यटनको प्रबद्र्धन गर्दै खेलाडी उतपादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता यस बर्ष माघमा हुने आन्तरिक तयारी सुरु… पुरा पढौ

सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

पोखरा, ६ पुस, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताउनुभएको छ । सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उहाँको भनाई छ । धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो । ‘संस्थालाई कानुन बमोजिम सञ्चालन गरी समाजको आचारसंहितालाई अंगिकार गर्दै सामाजिक मूल्य मान्यतालाई अनुशासितरुपमा आत्मसात गर्दै उद्देश्य अनुरुप अघि बढ्नुपर्ने हुन्छ… पुरा पढौ

प्रदीप मेमोरियल बास्केटबलः पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन बल्कु र गरिशा एमभिपी घोषित

पोखरा, ६ पुस, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन

लेखनाथ÷पौष ०६ त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन मोहन भट्टराई चयन भएका छन् ।समितिको शुक्रबार सम्पन्न साधारण सभा समितिको उपाध्यक्षमा सुजन ओझा, सचिवमा कविता भट्टराई, सहसचिवमा विपना गान्धारी र कोषाध्यक्षमा अनिषा तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा बानिया, समिक्षा ण्काल, स्वछन्द आत्रेय, प्रताप बि.क, लक्ष्मी सुनार, रक्ष्मी अधिकारी, सागर तिवारी, विपना पौडेल र भावुक पौडेल चयन भएका छन् । त्यसैगरी समिक्षा थापा, मञ्जुखत्री र हेमा गौतम रहेको सांस्कृतिक उपसमिति, नम्रता सुवेदी, शोभा पौडेल… पुरा पढौ