देश तथा समाज पत्रिका

पोखरामा आज घन्किदै बर्तिका एम राई र युगल गुरुङ

पोखरा, ६ पुस, पोखरामा चर्चित गायक गायिकाको आज (शनिबार) लाइभ कन्सर्ट हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट गर्न लागेको हो । शनिबार साँझ हुने कार्यक्रममा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिने छन् । गायक युगलले ’यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ’तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएर मनोरञ्जन दिने… पुरा पढौ

शैक्षिक कल्याणकारी कोष प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

पोखरा, पुस ६, माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको १३ औँ साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र माछापुच्छ्रे मावि, भुर्जुङखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । विद्यालयको विकासका लागि विशेष योगदान पु¥याएको भन्दै उनीहरूलाई सम्मान गरिएको सचिव मनिराम कडेलले जानकारी दिए । त्यसै गरी २०८० को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पनि जनही ३ हजार रुपियाँसहित… पुरा पढौ

गुणस्तरमा कुनै सम्झौता हुदैन— प्रमुख पौडेल

गण्डकी, ५ पुस, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताउनु भएको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउ सिक्लेसमा शुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उहाँले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । विकास निर्माणमा डिला सुस्ति र गुणस्तर नहुना जनतामा नैरास्यता पैदा हुदै गएको बताउँदै उहाँले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । संस्कृतिक ग्रामको… पुरा पढौ

यही पुष १३ गते सातौ संस्करणको दूर दि पोखरा हुने, साइक्लिस्टहरुको नाम दर्ता सुरु

दीननाथ बराल,पोखरा ५, पुष, सुन्दर नगरी पोखरामा यही पुष १३ गते (शनिबार) सातौ संस्करणको दूर दि पोखरा २०८१ हुने भएको छ । साहसिक खेलको प्रबद्र्धन गर्र्ने उद्धेश्यले साइकल सिटी पोखराको आयोजनामा हुने उक्त दुरी दी पोखराको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । “स्वास्थ्य वातावरण वा पर्यटनका लागि साइकल” भन्ने नाराका साथ आयोजना हुने टुर दी पोखरामा देशका विभिन्न स्थानबाट करिब ५ सय साईक्लिस्टहरु सहभागि हुने भएको साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले… पुरा पढौ

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल

पोखरा ५, पुष, तेहौं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधी बिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन… पुरा पढौ

न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड

पोखरा, पुस ५, सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरुले जोड दिएका छन् । न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरुप त्यस्ता न्यायधिश सिफारिस गर्न समेत सुझाव दिइएको छ । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रदेशिक भेलामा बोल्नुहुदै सो संस्थाका केन्द्रिंय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति चिन्ता… पुरा पढौ

संस्कारी र जीवन उपयोगी शिक्षा आजको आवश्यकता मन्त्री थापा

पोखरा ४, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गरे ।“योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले… पुरा पढौ

प्रतिभा माविमा फुटसल प्रतियोगिता

पोखरा, पुस ५, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सेक्सन फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् । प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् ।जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका… पुरा पढौ

कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्छः पूर्वराष्ट्रपति भण्डारी

दीननाथ बराल, पोखरा ४, पुष, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादनको श्रृङ्खला बढाई त्यसबाट उठ्ने राजस्व, स्वदेशी उद्योगको स्थापनाले दिने रोजगारी र आन्तरिक माग पूरा गरी गरिने निर्यात तथा नेपालको अर्थतन्त्रको मेरूदण्ड मानिने कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्ने बताउनु भएको छ । त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा आज(विहिबार) देखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । कार्बन उत्सर्जनकर्ता विकसित र औद्योगिक मुलुकहरूले नै जलवायु… पुरा पढौ

गण्डकीमा खेलाडी दर्ता पौष ९ गते सम्म, २० गते सम्म खेल संघ नविकरण नगरे खारेज हुने

पोखरा ४, पुष, गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराएका हुन् । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने जनाएका हुन् । “१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य… पुरा पढौ