एपिएलमा युरिक एसिड सित्तैमा, अरु जाँचमा विशेष छुट

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८१ मा प्रकाशित


पोखरा, २९ फागुन,

पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । एपिएलले बुधबारबाट युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराउन थालेको हो ।

एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर यो छुट अफर सञ्चालन हुने जनाइन् । नेपालीको जाडोमा हुने खानपिन, उठबस, भोजभतेर जस्ता कारणले युरिक एसिड, बाथका समस्या दखिने भएकाले यो योजना ल्याइएको उनको भनाइ छ ।

हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र वातावरणीय एलर्जीको जाँच, बाथसम्बन्धीका जाँच, स्वासप्रश्वासका परीक्षण, मुटुसम्बन्धी, कलेजोसम्बन्धी जाँचसमेत यहाँ हुन्छ ।