देश तथा समाज पत्रिका

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवद्र्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७, पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्र्तक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित… पुरा पढौ

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पोखरा महानगरपालिका वडा नं। १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् ।उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने

जेष्ठ ७,पोखरा, पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता… पुरा पढौ

शनिबार पोखरामा माओबादी केन्द्रको जनसभा हुने, माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट हुने

दीननाथ बराल,पोखरा ७, जेठ, माआबोदी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यही जेठ ९ गते कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्कीमा अध्यक्ष प्रचण्ड सहितको टोली प्रबेश गरेसंगै स्वागत सहित भेटघाट कार्यक्रम हुने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो । अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा… पुरा पढौ

कास्कीको माछापुच्छ्रे पुर्खोली घर भएका विश्वनाथ पौडेल राष्ट्र बैँकको गर्भनर

पोखरा, सरकारले नेपाल राष्ट्र बैँकको गर्भनरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सत्ता गठबन्धनका नेकपा(एमाले) र नेपाली काँग्रेस बीचको कबिर डेढ महिनाको रस्साकस्सी बीच केन्द्रीय बैंकले १८ औं गभर्नर पाएको छ । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिना पछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच कसलाई गभर्नर नियुक्त… पुरा पढौ

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

काठमाडौं, ७ जेठ, जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो । प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे। समातामुलक समाज निर्माण अभियानमा समर्पित मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा… पुरा पढौ

नवौं प्रधानमन्त्री कप एन.भी.ए. भलिबल लिग जेठ ८ देखि पोखरामा सुरु हुने,पुरुष तर्फ ८ र महिला तर्फ ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा, ६ जेठ, नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ यही जेठ ८ गतेदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय कभर्डहलमा यही जेठ १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द… पुरा पढौ

यही जेठ ९ गते देखि सुरु हुने गाउँ पर्यटन मेलामा गण्डकी प्रदेशका २५ होमस्टे पोखरामा

दीननाथ बराल,पोखरा ६, जेठ, यही जेठ ९ गते देखि पर्यटनको राजधानि पोखरामा सुरु हुने गाउँ पर्यटन मेलामा गण्डकी प्रदेशका २५ होमस्टे सहभागि हुने भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा यही जेठ १० गतेसम्म संचालन हुने उक्त मेलामा प्रदेशका २५ होमस्टे एकै थलोमा भेला हुने भएको मंगलबार पोखराम आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य म्याग्दी र गोर्खा बाहेक अन्य ९ जिल्लाका २५ वटा होमस्टेहरुलाई पोखरासम्म ल्याउदै उक्त क्षेत्रका होमस्टे सहित… पुरा पढौ

पोखरा विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको बिषयमा अनावश्यक रुपमा कसैलाई नडाम्न नेता पुनको आग्रह, भारत लक्षित सिधा हवाइ उडानको पहल गर्न सुझाव

दीननाथ बराल,पोखरा ६, जेठ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उप—महासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको छिट्टै छानविन गरी दोषी उपर कार्वाही गर्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले मंगलबार पोखराको आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको बिषयमा उचित छानविन गरी दोषी उपर कार्वाही हुनुपर्नेमा जोड दिदैै अनावश्यक रुपमा कसैलाई डाम्न नहुने बताएका हुन् । प्राविधिक सहित न्यायिक छानबिन समिति गठन गर्नुपर्ने… पुरा पढौ