देश तथा समाज पत्रिका

कोटिहोममा दानवीर र भक्तजन बढ्दै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोम कतै प्रवचन, कतै वक्तृत्वकला प्रतियोगिता कतै राष्ट्रिय भजन प्रतियोगिता कतै सत कुण्डीय हवन, आध्यात्मिक अनुष्ठानहरूमा दर्शन गर्ने भक्तजनहरूको भिड देखिन्थ्यो । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका… पुरा पढौ

गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा घरेलू टिम कास्कीलाई पराजित गर्दै नवलपुर प्रथम

जेष्ठ १२,पोखरा, गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर यू–१६ ले प्रथम स्थान हाँसिल गरेको छ । पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा घरेलु टिम कास्कीमाथि ६ विकेटको जित निकाल्दै नवलपुर गण्डकी प्रदेशकै अब्बल टिम बन्न सफल भयो । निर्धारित ३५ ओभरको खेलमा कास्कीले २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । कास्कीलाई सस्तैमा समेटन नवलपुरका बलर सुसिल भुसालले ७ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए । समिर रोका र सुजन अर्यालले समान २… पुरा पढौ

गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेका छनः सभामुख धिताल

दीननाथ बराल,पोखरा १०, जेठ, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित एकदिने संसदीय पत्रकार अभिमुखीकरण कार्यक्रममा शनिवार सम्बोधन गर्दै उहाँले अधिकांश गाउँका जनताले हाल बादरबाट पिडित भई बादर नियन्त्रण गर्ने कानून खोजेको बताएका हुन् । जनताको अपेक्षा विकास हुने तर संसदको धर्म नीति निर्माण गर्ने हुदाँ यस बिषयमा पत्रकारले आम जनतालाई बुझाउनु पर्ने उनले जनाए । कुनै पनि बिधेयकमाथि गम्भिर छलफल, अध्ययन विनै कानुन बन्ने गरेको उल्लेख गर्दै… पुरा पढौ

पोखरामा लाटोकोसेरो (उल्लु) सम्बन्धि सचेतना अभियान, १३ प्रकारका लाटोकोसेरो पोखरामा

दीननाथ बराल,पोखरा १०, जेठ, पोखरामा लाटोकोसेरो (उल्लु) चरा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । प्रकृतिका साथीहरू नामक संस्थाबाट शनिबार पोखरामा लाटोकोसेरो चरा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो । लाटोकोसेरोको एक परिवारले ४÷५ महिनाको अवधिमा करिब २ हजार मुसा खाने जसले वातावरणमा मुसाको नियन्त्रण गर्नमा लाटोकोसेरो चराको भूमिका महत्वपूर्ण हुने प्रकृतिका साथीहरूका निर्देशक लाटोकोसेरो विज्ञ राजु आचार्य(उल्लु सर) ले बताउनुभयो । नेपालमा २३ प्रजातिका लाटोकोसेरोहरू रहेका छन भने पोखरामा मात्र १३ प्रजातिको लाटोकोसेरो रहेको उहाँले दाबी गर्नु… पुरा पढौ

मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुन्छः मन्त्री गुरुङ

दीननाथ बराल, पोखरा १०, जेठ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने बताउनु भएको छ । संचारिका समूह गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण समारोहमा वोल्दै मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने अबस्थामा पुगेको बताउनु भएको हो ।, राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा हाल पेश भएकोले अब उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने अन्तिम अबस्थामा पुगेको उहाँले बताउनु भयो । मन्त्री गुरुङले… पुरा पढौ

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

कास्की, पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ।यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका ूप्यार से बोलोनाू भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ। पोखरामा पहिलोपटक एउटै स्थानमा करिब… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेट ः पर्वत ९ विकेटले विजयी

जेष्ठ १०,पोखरा, पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ । पर्वतले स्याँग्जालाई ९ विकेटले हराएको हो । यो जितसंगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ । यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसंग पराजित भएको थियो । ग्रुप टेवलमा पर्वत र नवलपुर दुवैले १ जित संगै समान २ अंक जोड्दा पहिलो खेल खेलेको स्याँग्जा अंक विहिन छ । यद्यपी उसले आइतबार हुने खेलमा नवलपुरलाई फराकिलो अन्तरले पराजित… पुरा पढौ

गण्डकी प्रदेशमा पुनः बिशाल जनसभा हुने, रुपान्तरण माओबादी नेतृत्वबाट मात्र सम्भव भएको अध्यक्ष प्रचण्डको दाबी

दीननाथ बराल, पोखरा १०, जेठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसमविद र गुगोलले दिएको सूचना गलत हुँदा सार्वजनिक रुपमा खुल्ला स्थान पोखराको चिप्लेढुंगामा हुने भनेको कार्यक्रम सभाहलमा गर्नु पर्दा उहाँहरुबाट आफुहरु ठगिनु परेको गुनासो गरे । पोखरामा शनिबार आयोजित बिशाल जनसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शनिबार उक्त कार्यक्रम सार्वजनिक स्थलमा गर्न नपाए पछि पुन अर्को कुनै दिनमा बिशाल जनसभा आयोजना हुने बताए । पानी परेर सभाहलमा कार्यक्रम गर्ने भनिए पनि प्रचण्ड घर्मीका… पुरा पढौ

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालद्धारा शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण

जेठ १०, चितवन, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भरतपुर–१४ स्थित शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको छ । शनिबार दिउँसो स्वास्थ्य केन्द्र पुग्नु भएका अध्यक्ष दाहालले निर्माणधीन प्रयोगशाला भवनको पनि अवलोकन गर्नुभएको छ । स्वास्थ्य केन्द्र परिसरमा करिब रु १ करोड लागतमा प्रयोगशाला भवन निर्माण भइरहेको छ । स्वास्थ्य केन्द्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य केन्द्र २५ शैयाको नगरस्तरीय अस्पताल बनाउन पहल गर्ने बताउनुभयो । नगरस्तरीय अस्पताल निर्माण गर्न यसका सम्बन्धित मन्त्रालयका मन्त्रीसँग आज नै कुराकानी गर्ने उहाँले जानकारी दिनुभयो… पुरा पढौ

कुमुदिनीमा पहिलो कुमुदिनी कार्निभल तथा लिटरेचर फेस्टिभल

पोखरा, ९ जेठ, पोखरा महानगरपालिका वडा नं ४, गैह्रपाटनमा रहेको कुमुदिनी होम्स बिद्यालयले पहिलो पटक विद्यालयमा कुमुदिनी कार्नभल तथा लिटरेचर फेस्टिभल आयोजना गर्‍यो । विद्यालयले शिक्षाका साथसाथै विद्यार्थीलाई भविष्यमा आफ्नै खुट्टामा उभिन, आत्मविश्वासी बन्न अतिरिक्त क्रियाकलाप र यस्तो कार्निभल प्रेरक हुने बताएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्निभलमा विद्यार्थीले ४५ वटा स्टल राखेको बताए ।स्टलहरुमा विभिन्न खानाका परिकार, फास्टफुड, खेलविभिन्न हस्तकलाका सामग्रीहरू समावेश गरिएको थियो । कोही मःमः, कोही लस्सी, कफि, सेलरोटी र कोहि पेन्टिङमा झुम्मिएका थिए ।… पुरा पढौ