देश तथा समाज पत्रिका

युवा संघ नेपालको अध्यक्षमा पुनः थेबे

दीननाथ बराल,पोखरा १३, जेठ, नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे पुनः अध्यक्षमा निर्वाचित भएका छन् । आज (मंगलबार) सम्पन्न भएको महाधिवेशनबाट थेबेले १ सय ८८ मत अन्तरले निकटतम प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै लगातार दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन । पुरी यस अघिका महासचिव हुन् । थेबेले ७ सय ९६ मत ल्याउदा उनका निटकतम प्रतिष्प्रर्धी पुरीले भने ६ सय ८ मत ल्याउनु भएको निर्वाचन अधिकृत इश्वरी पौडेलले बताइन् । थेबेको प्यानलले… पुरा पढौ

विश्व अल्ट्रा धावक सुनमाया बुढा अन्नपूर्ण म्याराथनमा सहभागि हुने

पोखरा, विश्व अल्ट्रा धावकमा नेपालको नाम चम्काउँदै आएकी सुनमाया बुढा अन्नपूर्ण म्याराथनमा भाग लिन नाम दर्ता गरेकी छन् । अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन ३ तारिख (जेठ २०) मा हुन लागेको पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा बुढाको सहभागिता निश्चित भएको आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । साना गाउँका पहाड चढ्दै दौडको यात्रा थालेकी सुनमायाले आज विश्वभरका धावकहरुसँग प्रतिस्पर्धा गर्दै नेपालको गौरव बढाउँदै आएकी छन् । १० वर्षअघि ’अल्ट्रा ट्रेल’ रनिङमा कदम राखेकी… पुरा पढौ

कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

पोखरा १७ स्थित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको प्रवचनले भक्तजनलाई मन्त्रमुग्ध बनाएको छ। हिन्दी र नेपालीमा धाराप्रवाह कथा वाचन गर्ने अद्वितीय शैली भएकी देवी प्रतिभाले भक्तजनलाई आध्यात्मिक रसमा डुबाएकी छिन्। बिहान भक्तजनसँग भेटघाट गर्ने र दिउँसो प्रवचन दिने क्रमले कोटिहोममा उत्साह थपेको छ। उनको ूथोड़ा प्यार से बोल न जी, पोखरावाला बोल दो नू भन्ने शैलीले विशेष आकर्षण पाएको छ। महायज्ञमा भागवत मञ्जरी राधिका दासी, प्रशान्त कृष्ण परांकुश, दिनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतले… पुरा पढौ

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा, १३ जेठ, नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ ।प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो । कार्यक्रममा युनियन, कास्कीका अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुट लगायत खाद्यान्न सामाग्री वितरण गरेको हो । कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले… पुरा पढौ

मानव अधिकारको सम्मान र संरक्षण जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा, १३ जेठ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ ।‘हामी सबै आफ्नो अधिकारप्रति सचेत… पुरा पढौ

चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग शिष्टाचार भेटवार्ता

पोखरा, जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता भएको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त टोलीले नगरप्रमुख आचार्यको कार्यकक्षमा गरेको भेटवार्तामा दुईपक्षिय हितका विषयमा छलफल भएको भएको हो । छलफलका क्रममा नगरप्रमुख आचार्यले पोखराबाट चिनियाँ बजारमा निर्यात हुनसक्ने वस्तुहरूको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधिमूलक एक अध्ययन समिति गठनको प्रस्ताव राख्नुभयो । नेपालले बेहोर्नु परेको व्यापार घाटा कम गरि सन्तुलन कायम गर्ने… पुरा पढौ

जेठ १७ गते हुने मासिक दौडमा जनप्रतिनिधीहरु दौडने

पोखरा, पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन् । मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड भने नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत वर्षको अवसरमा घोषणा गरिएको दौड कार्यक्रम हो । ५ किमि जनप्रतिनिधि दौड संगै ५ किमि छात्ररछात्रा दौड समेत हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् । पोखरा रंगशालामा तय गरिएको उक्त दौडका लागि पोखरा महानगर पालिकाको समते सहकार्य रहने मञ्चका पूर्व अध्यक्ष एवं मासिक दौडका… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रधान कार्यालयबाटै इ.भी ‘फास्ट चार्जिङ’ स्टेसनको सेवा सुरु

पोखरा १२, जेठ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.को प्रधान कार्यालय रहेको परिसरबाटैे फास्ट चार्जिङ स्टेसन सेवा सुरु भएको छ । केवाइ सी चौधरी ग्रुपको सिजी कम्पनीद्धारा ४ महिना अघि प्राप्त भएको उक्त मेसिन विभिन्न चुनौतीको बाबजुद उक्त चार्जिङ स्टेशन जडान गरिएसंगै सोमबार सुरु भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । इभी गाडी पर्यटन प्रर्वद्धनका लागि पनि उपयुक्त भएकाले भविष्यमा थप व्यवस्थित गरि चार्जिङ स्टेसन राखी यातायात व्यवसायीलाई सुविधा दिने आफुहरुको योजना रहेको… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा २ वटा म्याराथन दौड हुने

दीननाथ बराल, पोखरा १२, जेठ, अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा उत्तर (नर्थ) र दक्षिण (साउथ) दुई वटा क्षेत्रमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा अन्नपूर्ण नर्थ र साउथ दुबै तर्फ म्याराथन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।, अन्नपूर्ण साउथ वेस क्याम्पतर्फ विगत चार वर्ष देखि अन्नपूर्ण म्याराथन आयोजना हुँदै आए पनि यस वर्ष देखि उत्तरी अन्नपूर्ण क्षेत्रको बेस क्याम्पबाट पहिलो पटक… पुरा पढौ

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा, १२ जेठ, पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ । नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो… पुरा पढौ