देश तथा समाज पत्रिका

राष्ट्र अझै पनि संकटमा छ, सम्पूर्ण देशभक्त बामपन्थी मिलेर यो संकटबाट राष्ट्रलाई जोगाउनु पर्छः संयोजक प्रचण्ड (भिडियो सहित)

दीननाथ बराल पोखरा, १४ मंसिर नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अझै पनि संकट रहेको बताउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीले पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकारचोकमा आज आयोजना गरेको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभामा सम्बोधन गर्दै संयोजक प्रचण्डले देशमा अझै पनि संकटको अबस्था रहेकोले यो अबस्थामा देशभक्त बामपन्थीहरु एक हुन आवश्यक भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=AlKuhub6LXM देशका सम्पूर्ण देशभक्त बामपन्थी मिलेर यो संकटबाट राष्ट्रलाई बचाउन सकिने बताउदै उहाँले अहिलेको सरकारले आउदो फागुन २१… पुरा पढौ

नेलम्बो र मादी गाउँपालिकाको सझेदारीमा २५९ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण

पोखरा, शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था नेलम्बो नेपालले मादीगाउँपालिकाकोसमन्वय र साझेदारीमा मादी गाउँपालिकामा रहेका वडा नं. ३ र ४ का ५ वटा सामुदायिक विद्यालयमाअध्ययन गर्ने ३ सय ५९ जना विद्यार्थीहरलाई जाडोमा लगाउँने न्यानो स्वीटर हस्तान्तरणगरेको छ । मादी गाउँपलिकाको श्री सीताराम माध्यमिक विद्यालय, मंगलोदय आधार भूत विद्यालय,विन्ध्यवासिनि आधारभूत विद्यालय, धुव्र माध्यमिक विद्यालय र नव दुर्गा आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको उक्त कार्यक्रममामादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ्ग र नेलम्बो… पुरा पढौ

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

पोखरा, फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख… पुरा पढौ

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

पोखरा, मंसिर १४ , एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजिकरण गर्दै आएको बताए । ‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं, क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका… पुरा पढौ

झिर हाउस र बोहोराफाँटलार्ई क्लबस्तरीय भलिबलको उपाधि

, पोखरा, मंसिर १४, पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट ९छन्त्याल समाज०मा आज ९आइतबार० भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित… पुरा पढौ

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट

पोखरा , कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको हो । एन प्याव्सन कास्कीमा आबद्ध यस विद्यालयले हरेक वर्ष विद्यार्थीका क्षमता पहिचान गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएको छ । आइतबार भएको स्पोर्ट मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू पोखरा रङ्गशाला र कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको प्रतियोगिता… पुरा पढौ

मंसिर १८ गते पोखरामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” हुने, तयारीमा तीव्रता

पोखरा मंसिर १४, रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए । कार्यक्रमको तयारीमा तीव्रता दिइएको उनको भनाइ छ । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली… पुरा पढौ

आइटिएफ जे३० टेनिस टुर पोखराको तयारी पुरा, १६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

पोखरा मंसिर १४, कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा… पुरा पढौ

पोखरामा यःमरी महोत्सव सम्पन्न, पुराना घरहरू संरक्षण गर्दै ‘पोखराको हेरिटेज’ को रूपमा विकास गर्ने मेयर आचार्यको प्रतिबद्धता(भिडियो सहित)

दीननाथ बराल, पोखरा १३, मंसिर पोखरा महानगरपालिका–४ गणेशटोलमा शनिबार यःमरी पूर्णिमाको अवसरमा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा आयोजित महोत्सवको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक खेलकुदको केन्द्रको रुपमा रहेकोले यस्ता मेला महोत्सवले पर्यटन प्रबद्र्धन हुने बताउनु भयो । https://www.youtube.com/watch?v=IarJABAZ6V0 मेयर आचार्यले पोखराको नालामुख क्षेत्रलाई ऐतिहासिक सम्पदा क्षेत्रका रूपमा विकास गर्ने विशेष योजना अघि बढाइएको बताउनु भयो । उहाँले भन्नुभयो “पोखराको नालामुख… पुरा पढौ

पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोकियो, चालक दलका सदस्य सहित यात्रु सुरक्षित

दीननाथ बराल,पोखरा, १३ मंसिर, बुद्ध एयरको जहाजमा आज पोखरामा चरा ठोकिएको छ । काठमाडौं देखि पोखरा आउदै गरेको फ्लाइट नम्बर ६१७ को जहाजमा चरा ठोकिएको बुद्ध एयरले पोखराक्लिकलाई जनाएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा शनिबार काठमाडौँबाटबाट पोखरा आउने क्रममा दिउसो ३ः४५ बजे गिद्ध जहाजमा ठोकिदा पपलरको ब्लेडमा केही क्षति पुगेकोले उक्त ब्लेड नै परिवतन गर्नु पर्ने अबस्था रहेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताउनु भयो । प्राविधिक टोलीले त्यसको मर्मत र निरीक्षण गर्न थालेको कम्पनीले जनाएको छ ।… पुरा पढौ