देश तथा समाज पत्रिका

पोखराको नदिपुरमा पहिलो पटक ताया मचा नृत्य प्रर्दशन

साउन २५, पोखरा, पोखरा नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा–३ नदिपुरमा पहिलो पटक ताया मचा नृत्य प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितिले यसै वर्षदेखि नाच देखाउन शुरु गरेको हो । वडा नम्बर ३ को कार्यालयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भीसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मिन मार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समितिका अध्यक्ष गौतम उदासले जानकारी दिए । तायमचा नाचमा नृत्य गर्नेहरूमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना… पुरा पढौ

सृष्टि र सिद्धार्थले जिते नृत्य संग्रामको उपाधि

पोखरा, नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा शनिबार भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र जेनी सेन्चुरीले पाँचौ स्थानमा हासिल गरे । पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे । जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पाँचौ… पुरा पढौ

हिमालयन सिद्धमा श्रीमद्भागवत कथा सुरु, नगर प्रमुख आचार्यको प्रतिबद्धता

पोखरा, हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थान नदिपुरमा श्रीमद्भागवत महापुराणको कथा अनन्त श्री विभूषित आध्यजगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध बाबा) को संकल्पमा सुरु भएको छ । कथा अनन्त श्री श्री १००८ वैष्णव महन्त श्री हरिशंकरदास वेदान्ती जी महाराजले कथा वाचन गर्न सुरु गर्नु भएको हो । शुभारम्भको पहिलो दिन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनु भयो । उहाँले पोखरालाई मुक्ति क्षेत्रको द्वार भन्दै यस क्षेत्रको समग्र विकासमा हिमालयन सिद्ध महायोगसँग सहकार्य गर्ने… पुरा पढौ

मिडियामा आदिवासी जनजातिको समावेशिता, आजको अपरिहार्यता

पोखरा, २५ साउन, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता आजको आवश्यकता भएको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले पोखरामा आयोजना गरेको संवाद कार्यक्रममा वोल्दै सदस्य लामिछानेले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता आजको आवश्यकता भएको बताए । अब कसरी आदिवासी जनजातिलाई पत्रकारितामा टिकाउने भन्ने सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले यदि कुनै समुदायको व्यक्ति… पुरा पढौ

पोखरामा गाईजात्रा पर्वको रौनक, तायाः मचा नृत्य मुख्य आकर्षण (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ साउन, जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। https://www.youtube.com/watch?v=4SAuCUBqGe8 नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार करिब दुई सय वर्षदेखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा जोगाइँदै आएको हो। यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाईसँगै तायाः मचा नृत्य प्रदर्शनले माहोल रंगीन बनेको छ। गाईजात्रामा सहभागीहरूले दिवंगत आफन्तको तस्वीर बोकेर वा गाईलाई सजाएर टोलटोल घुम्ने… पुरा पढौ

पोखरामा अवैध सुन तथा चाँदीको कारोवार गर्ने ११ जना पक्राउ, ६ किलो सुन बरामद, उक्त घटना प्रति व्यवसायीको आपती

दीननाथ बराल, पोखरा २४, साउन, कास्की प्रहरीले पोखरा क्षेत्रमा अवैध रुपमा सुन र चाँदी कारोवार गर्ने ११ जनालाई पक्राउ गरेको छ । “अप्रेसन यलो मेटल” नाम दिइएको विशेष अभियान अन्तर्गत पोखरा महानगरपालिका–२, ३, ४ र ९ का क्षेत्रमा प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर ११ जना सहित उनीहरुबाट ठुलो परिणाममा सून तथा चाँदी समेत बरामद गरेको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटहरूको संयुक्त टोलीले भारत… पुरा पढौ

पोखरामा हर्षोल्लास सहित मनाइयो जनैपूर्णिमा पर्व

पोखरा, पोखरा क्षेत्रमा तागाधारी समुदायले हर्ष उल्लासका साथ जनैपूर्णिमा पर्व मनाएका छन्। श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने ऋषितर्पणी, रक्षा बन्धन तथा जनैपूर्णिमा पर्वको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिर, राममन्दिर, भद्रकालि मन्दिर, सहित अन्य विभिन्न मन्दिर र ओम शान्ति आश्रमका शाखामा विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान गरिएको छ। आजको दिन बिहानै स्नान गरी तागाधारीहरूले नयाँ यज्ञोपवित (जनै) धारण गरे भने ब्राह्मण पुरोहितमार्फत वैदिक मन्त्र उच्चारण सहित नाडीमा रक्षा सूत्र (डोरो) बाँध्ने परम्परा निर्वाह गरिएको थियो। यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ। पौराणिक… पुरा पढौ

लामाचौर तीज महोत्सवमा अन्तर मावि छात्रा भलिबलको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन

पोखरा, लामाचौर तीज महोत्सवको अवसरमा आयोजना हुने अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सरका रूपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजसँग सम्झौता भएको छ। सम्झौतापत्रमा आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी र एक्सपर्ट एजुकेशनको पोखरा शाखा प्रमुख सलि देवान तथा बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमले हस्ताक्षर गरेका छन्। चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलामा कार्यालय सञ्चालन गर्दै आएको उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ। नवआदर्श सामुदायिक विकास समाजले भदौ ८… पुरा पढौ

पोखरा ट्रेड मलको वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ ग्राहकलाई आकर्षण गर्न १० दिन ५० प्रतिशतसम्म छुट हुने

पोखरा, २४ साउन, पोखराको ठुलो ट्रेड मल पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ग्राहकलाई आकर्षण गर्न टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ५० प्रतिशतसम्म छुट दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना अन्र्तगत १० दिनको लागि (साउन २५ देखि भदौ ४ सम्म) यो योजना सञ्चालन हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले बताउनु भयो । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने उहाँले जनाउनु भयो । ग्राहकलाई… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पोखरा, २४ साउन, पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक… पुरा पढौ