राजनीति

प्रदेश सरकार सदैव सामाजिक कार्यमा साथ रहनेः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दकुमार थापाले प्रदेश सरकार सदैव सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा साथ र सहयोग गर्न तत्पर रहेको बताएका छन् । पोखरा उद्योग बाणिज्य संघ सामाजिक बिकास केन्द्र अन्तर्गत जीविकोपार्जन तथा शिक्षा परियोजनाको आयोजना तथा किडासाको आर्थिक तथा प्राबिधिक सहयोगमा पोखरा महानगरपालिका भित्र रहेका श्रम तथा जोखिम पूर्ण अबस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रद्वारा आयोजित शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण… पुरा पढौ

मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त सुझाव सहितको मागहरु सरकारले पूरा नगरे आन्दोलन गर्ने अध्यक्ष प्रचण्डको चेतावनी, (भिडियो सहित) गृह जिल्ला भव्य स्वागत

दीननाथ बराल,पोखरा ९, जेठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताले दिएका सुझाव सहितका मागहरु सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । https://www.youtube.com/watch?v=hA2bugLDcqY प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शुक्रबार बेलुका पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमम बोल्दै अध्यक्ष प्रचण्डले मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त विभिन्न सुझाव सहितको माग सरकारलाई पेश गर्ने यद्यपी माग पूरा नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी… पुरा पढौ

राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आयोः प्रधानमन्त्री ओली

पोखरा, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता भएको बताउनु भयो । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको दाबी गर्नु भएको हो । अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन… पुरा पढौ

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार पोखरामा हुने जनसभामा पोखराबाट ५ हजार सहभागि गराउने

पोखरा ८, जेठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार हुने जनसभामा पोखराबाट ५ हजार जना सहभागि गराउने दाबी गरेको छ । महानगरको तर्फबाट पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितको टोलीलाई पोखरा २५ हेमजा मिलनचोकमा स्वागत सहित भेटघाट गर्ने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान) ले बताउनु भयो । पोखराको चिप्लेढुंगामा हुने उक्त कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा… पुरा पढौ

युवा संघको महाधिवेशन शुक्रबार देखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

पोखरा, नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ । प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउनुहुने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसक्नुभएको… पुरा पढौ

शनिबार पोखरामा माओबादी केन्द्रको जनसभा हुने, माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट हुने

दीननाथ बराल,पोखरा ७, जेठ, माआबोदी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यही जेठ ९ गते कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्कीमा अध्यक्ष प्रचण्ड सहितको टोली प्रबेश गरेसंगै स्वागत सहित भेटघाट कार्यक्रम हुने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो । अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा… पुरा पढौ

कास्कीको माछापुच्छ्रे पुर्खोली घर भएका विश्वनाथ पौडेल राष्ट्र बैँकको गर्भनर

पोखरा, सरकारले नेपाल राष्ट्र बैँकको गर्भनरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सत्ता गठबन्धनका नेकपा(एमाले) र नेपाली काँग्रेस बीचको कबिर डेढ महिनाको रस्साकस्सी बीच केन्द्रीय बैंकले १८ औं गभर्नर पाएको छ । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिना पछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच कसलाई गभर्नर नियुक्त… पुरा पढौ

पोखरा विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको बिषयमा अनावश्यक रुपमा कसैलाई नडाम्न नेता पुनको आग्रह, भारत लक्षित सिधा हवाइ उडानको पहल गर्न सुझाव

दीननाथ बराल,पोखरा ६, जेठ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उप—महासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको छिट्टै छानविन गरी दोषी उपर कार्वाही गर्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले मंगलबार पोखराको आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको बिषयमा उचित छानविन गरी दोषी उपर कार्वाही हुनुपर्नेमा जोड दिदैै अनावश्यक रुपमा कसैलाई डाम्न नहुने बताएका हुन् । प्राविधिक सहित न्यायिक छानबिन समिति गठन गर्नुपर्ने… पुरा पढौ

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस

०६ जेठ, चितवन , चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ ।मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ नीति तथा कार्यक्रममा समावेश… पुरा पढौ

गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने

दीननाथ बराल, पोखरा ४, जेठ, गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने भएको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले यही जेठ ११ गते आइतबार दिउँसो २ः०० बजेका लागि प्रदेश बैठक आह्वान गर्नु भएको हो । हालै बसेको क्याविनेट बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता यही जेठ १२ गते प्रस्तुत गर्ने भएको छ । बजेटका सिद्धान्त तथा प्राथामिकता माथि छलफल सकिए पछि नीति तथा कार्यक्रम प्रस्तुतः हुने प्रदेशका आर्थिक मामिला… पुरा पढौ