राजनीति

जेन्जी आन्दोलनको चेतावनी “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

काठमाडौं जेन्जी आन्दोलन, नेपालले आज एक सशक्त प्रेस वक्तव्य जारी गर्दै सर्वोच्च अदालतमा दर्ता गरिएको “मृत प्रतिनिधिसभाको पुनरुत्थान” सम्बन्धी मुद्दालाई विद्रोही युवाको बलिदानमाथिको अपमान र घात को रूपमा व्याख्या गरेको छ। आन्दोलनका अगुवा रवि किरण हमाल द्वारा जारी वक्तव्यमा भनिएको छ “जेन्जी विद्रोह कुनै साधारण राजनीतिक आन्दोलन थिएन, यो हाम्रो पुस्ताको रगतले लेखिएको राष्ट्र–पुनर्जागरणको घोषणापत्र हो।” वक्तव्यमा भाद्र २३ र २४ गतेको साहसिक विद्रोहपछि नेपालका सम्पूर्ण राज्य संयन्त्र जनताको अघि नतमस्तक भएको स्मरण गरिएको छ। तर त्यही जनआदेशलाई तोडमोड गरी,… पुरा पढौ

कास्की कारागारबाट फरार ८१ कैदी तथा थुनुवा प्रहरीद्वारा पक्राउ

पोखरा, ३० असोज, जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार भएका ८१ जना कैदी तथा थुनुवालाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापछि विभिन्न मुद्दामा थुनामा रहेका कैदी तथा थुनुवाहरू कारागारबाट फरार भएका थिए। घटनापछि कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रूपमा फर्किन सार्वजनिक रुपमा अपिल गरेको थियो। अपिलको म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले फरारहरूको खोजतलास कार्यलाई तीव्र बनाएको थियो। प्रहरीको सक्रियता र निरन्तर अनुसन्धानका आधारमा विभिन्न स्थानहरूबाट ८१ जना फरारहरू… पुरा पढौ

कास्कीको भदौरे देउरालीमा एम्बुलेन्स हस्तान्तरण

पोखरा २२, असोज, कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा अष्ट्रेलियाली संस्था वाइल्डर्नेस कम्युनिटीको सहयोगमा अत्याधुनिक एम्बुलेन्स सेवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । करिब २६ लाख रुपैयाँ बराबरको उक्त एम्बुलेन्स सञ्चालनमा आएसँगै अन्नपूर्ण गाउँपालिकाका करिब १५ हजार स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । दुर्गम बस्तीमा आकस्मिक उपचारका लागि घण्टौँ पैदल वा निजी सवारीको भर पर्नुपर्ने अवस्था हट्दै अब समयमै उपचार उपलब्ध हुने विश्वास गरिएको छ । भदौरे माध्यमिक विद्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले वाइल्डर्नेस कम्युनिटीप्रति… पुरा पढौ

थप ५ मन्त्रीको सिफारिस

काठमाण्डौं, प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौ्डेल समक्ष सिफारिस गर्नु भएको छ । पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहनु भएको मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्नु भएको हो । खरेललाई संचार, सिन्हालाई उद्योग, मिश्रालाई स्वास्थ्य, पुनलाई शिक्षा, परियारलाई भने कृषि मन्त्रीमा नियुक्ति हुने श्रोतले जनाएको छ। सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको… पुरा पढौ

गण्डकी प्रदेशको समुन्नतिको आधारशिला खडा गछौंः मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयन नै देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मूल आधार हुने बताउनुभएको छ । संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पोखरामा आयोजना गरेको मुख्य समारोहलाई सम्बोधन गर्दै उहाँले सबै पक्षले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ । यस यात्रामा गण्डकी प्रदेश सरकार संघीय सरकार र स्थानीय तहबीच समन्वय… पुरा पढौ

पोखराको झण्डा पार्कमा नयाँ झाण्डा फेरियोः पोखराका मेयर आचार्यद्धारा नागरिक अधिकारको प्रत्याभूतिको लागि कर्तव्य पालना गर्न जोड

पोखरा, असोज ३ , जेनजी आन्दोलनको क्रममा पोखराको झण्डा पार्कमा राखिएका विभिन्न देशका झाण्डा च्यात्ने त केही झण्डा नै चोरी भएको अबस्थामा आज संविधान दिवसको अवसरमा नयाँ झण्डा फेरिएको छ । पोखराका मेयर धनराज आचार्यले नेपालको राष्ट्रिय भण्डोतोलन गरी उक्त झाण्डा पार्कमा नयाँ झण्डा पुनः राखिएको वा फेरिएको हो । कार्यक्रममा बोल्दै मेयर आचार्यले संविधानले प्रत्याभूति गरेका नागरिकका अधिकारहरूको पूर्ण संरक्षण र कार्यान्वयनमा पोखरा महानगर पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको… पुरा पढौ

नेपाली कागेंस संसदीय दलले १० लाख दिने

पोखरा २, असोज, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माण अभियानकोे लागि १० लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस संसदीय दलका नेता एवं गण्डकी प्रदेशमा मुख्यमन्त्री समेत रहनु भएको सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज (बिहीबार) बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा १० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्दै थप अन्य सहयोगको लागि समन्वय गर्ने जनाएको छ । उक्त बैठकले तत्काल पुनः निर्माण… पुरा पढौ

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

पोखरा, १ असोज, जेनजी आन्दोलनमा दिवंगत भएकाहरूको सम्झनामा आज देश भरका विभिन्न ठाँउमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।यसैक्रममा पोखराका पर्यटन, खेलकुद, राजनीतिककर्मी, संचारकर्मी सहित विभिन्न पेशा व्यवसायमा आबद्ध भएका तथा विभिन्न संघ संस्था र सबै उमेर समुहले दीप प्रज्वलन गर्नु भएको हो । बेगनास ताल तथा पोखरा ३२ तल्लो गगनगौंडा चोकमा समेत दीप प्रज्वलन गरिएको पत्रकार बासु पौडेलले बताउनु भयो ।पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानमा तल्लो गगनगौडा र आसपास क्षेत्रका स्थानीयवासीहरूले सामूहिक रुपमा उपस्थित भई दीप प्रज्वलन गरेको… पुरा पढौ

जनप्रतिनिधिको परिवार हो भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई क्षणभरमै खरानी पारियोः आचार्य

दीननाथ बराल,पोखरा, १ असोज, गण्डकी प्रदेशकै सबैभन्दा ठुलो सुविधा सम्पन्न सभाहलका रूपमा स्थापित भएको पोखरा इभेण्ट सेन्टर केही दिन देखि भुत घर जस्तो भएको छ । जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड र लुटपाट भएको दृश्य नजिकबाट न्यालनु भएको पोखरा इभेन्ट सेन्टरका प्रबन्ध सञ्चालक शिवराज आचार्यले आन्दोलनकारीहरुलाई प्रश्न गर्नु भएको छ । जनप्रतिनिधिको परिवार हो भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई क्षणभरमै खरानी पार्नु गलत भएको उहाँले गुनासो गर्नुभयो । प्रबन्ध संचालक आचार्यले भन्नुभयो “के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो ?… पुरा पढौ

जेनजी आन्दोलनको क्रममा वरपिपल रिसोर्टमा तोडफोड र आगजनी, संचालक गुरुङद्वारा दोषीमाथि कडा कारबाहीको माग, हिम्मतका साथ रिसोर्ट पुनः संचालन

दीननाथ बराल,पोखरा, १ असोज, जेन–जी (जेनेरेसन जेड) आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र सवारीसाधनमा गरिएको आगजनीप्रति रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक जितु गुरुङले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ । गुरुङले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दैआन्दोलनको नाममा आपराधिक प्रवृत्तिका समूहहरूले रिसोर्टमा तोडफोड, आगजनी र लुटपाट गरी करोडौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो आक्रमण वास्तविक जेनजी आन्दोलनकारीको नभई आपराधिक गिरोहकै हो। त्यसैले निष्पक्ष छानबिन गरी दोषीलाई फौजदारी कानुनअनुसार कठोर कारबाही… पुरा पढौ