राजनीति

पोखरामा झण्डा पार्क बन्यो

पोखरामा अन्तराष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । पोखराको महेन्द्रपुलमा पोखरा महानगर र लायन्स क्लवको समन्वयमा उक्त पार्क निर्माण गरिएको हो । उक्त पार्कको औपचारिक उद्घाटन भने सोमबार बिहान गर्ने तयारी भएको महानगरले जनाएको छ । पुरा पढौ

सहकारीमा संकट ः राज्यले नियमन गरेन‘सहकारी कम्पनी चलाउन कलेक्सन काउन्टर बनाइयो’

पोखरा ५,फागुन सडक छेउमा मकै पोल्नेदेखि दैनिक ज्यालामजदुरी गर्नेहरुले भविष्यलाई साँचेर बचत गरेको रकम सहकारीले हिनामिना बनाएर बिचल्लीमा पारेको छ । सञ्चालक सहकारीको रकम कुम्लाएर फरार छन् । सहकारी संकटको समस्याले अहिले सडक र सदन तताइरहेको छ । सहकारी संकट विषयमा शनिबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा पनि वहस भयो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष ओमदेवी मल्ललाई पत्रकार जनार्दन बरालले सहकारीमा… पुरा पढौ

काई बर्ड ः ओपेनहाइमर नेपाल जस्ता देशका लागि सापेक्ष छ

दुई शक्तिशाली राष्ट्रबिच रहेको विकासउन्मूख देश हो नेपाल । भारत र चीन विश्व अर्थतन्त्रमा शक्तिशाली छन् । यही भू बनावटमा बसेको नेपाललाई हेरेर काई बर्ड भन्छन् ओपेनहाइमर नेपाल जस्ता देशका लागि सान्दर्भिक छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्डसँगको कुराकानी प्रस्तुत गरिएको थियो । ‘बेष्टसेलरदेखि ब्लकबाष्टर ः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्डलाई सहजकर्ताको भूमिकामा पत्रकार कुन्दन दीक्षितले प्रश्न गरेका थिए । बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियसः द ट्राइम्फ एन्ड… पुरा पढौ

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोलेका हुन् । गुरुङले संघीयता कार्यान्यवनको दोस्रो… पुरा पढौ

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

पोखरा ५, फागुन माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ?उनले गठबन्धन गर्ने अनि… पुरा पढौ

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

पोखरा ५, फागुन ०६२÷६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दल नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन्, प्रतिपक्षमा छन् । कुनैबेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् । ‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’,… पुरा पढौ

निराशाजनक विकास खर्चको जिम्मेवार को ? पूर्व अर्थमन्त्री !

पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा ७० प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । हरेक वर्ष सरकारले निश्चित विकास खर्च गर्ने लक्ष्य राखेको हुन्छ । तर, लक्ष्यअनुरूपको उपलब्धि भने कहिले भेटाउन सकेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा ६१.१७ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दा पनि विकास खर्च २१.४ प्रतिशतमा सीमित छ । सरकारले किन विकास गर्न सक्दैन ? यसको जिम्मेवार अर्थमन्त्री हुनुपर्दैन ? भन्ने प्रश्नमा अर्थमन्त्री भइसकेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले… पुरा पढौ

भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्वे हुने

चितवन ४, फागुन भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो ।विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस ९अप्सट्रेकल लिमिटेशन सर्वे० गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिनुभयो । सर्वे आगामी सोमबारबाट सुरु गरी एक हप्ताभित्र सक्ने गरी काम थालिने छ । नगर प्रमुख, रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल… पुरा पढौ

चुनावी खर्च बढ्दा महिलालाई सकस !

पोखरा ४, फागुन २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए । ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ । अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना महिलाको संख्यामात्रै बढेको छ ।यसले पनि नेपाली राजनीतिमा महिला उपस्थिति विकासको धीमा गतिको चित्रण प्रष्ट पार्छ । राजनीतिमा महिलाको संख्या कम हुनु सामाजिक, सांस्कृतिक पाटोमात्रै नभएर आर्थिक कारण पनि भएको पोखरामा पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक… पुरा पढौ

पोखरामा हरित रोजगारी सिर्जना परियोजना कार्यान्वयन

पोखरा, ४ फाल्गुन पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको छ । साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० बिच सम्झौता भएको थियो । परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अप–साइकल ९आरयू० उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ… पुरा पढौ