राजनीति

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनलाई बुधबार मासिक भत्ता दिने

दीननाथ बराल गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनहरुलाई भोलि (बुधबार) मासिक भत्ता वितरण गर्न सुरु गर्ने भएको छ । प्रदेश सरकारले घोषणा गरेको उक्त रकम बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै प्रदेशका ओलम्पियनहरु मसिक भक्ता वापतको रकम हस्तान्तरण गर्ने भएको हो । ओलम्पिकमा सहभागी भएका प्रदेश भित्रका खेलाडीहरुलाई सरकारले मासिक ५ हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषणा सहित बजेटमा समेत उल्लेख गर्नु भएको थियो । गण्डकीबाट स्विमिङ, जुडो, एथलेटिक्स र सुटिङमा गरी ७ जना खेलाडी ओलम्पिकमा सहभागी हुनु भएको… पुरा पढौ

सूर्य नेपाल च्यालेन्ज एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

काठमाडौं, फागुन २२ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीषस्थानमा उक्लन सफल भएका छन। डिफेन्डिङ च्याम्पियन सदभावले आज १(अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३(अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन। १(अन्डर ६७ सहित समग्रमा २(अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए। पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले… पुरा पढौ

स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन भएका लमजुङ र गोरखाका पालिकामा अनुुगमन

पोखरा, फागुन २२ गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका, बेसीसहर नगपालिका, गोरखा जिल्लामा रहेको सिरानचोक गाँउपालिका र अजिरकोट गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमनसंग प्रदेश समन्वय समितिका सदस्यहरु र पािलकाका प्रमुख उपप्रमुखवीच अनुभव आदान प्रदान गरिएको हो । पालिकाहरुले सुचना… पुरा पढौ

नयाँ गठबन्धनले पदम गिरी, बर्षमान पुन र रवि लामिछानेलाई मन्त्री

नेपाली राजनीतिले नयाँ मोड लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले पुरानो गठबन्धनलाई भत्काउदै नेकपा एमाले सहितको रास्वपासंग नयाँ गठबन्धन गरेको हो । नयाँ गठबन्धन भएसंगै तीन पार्टीका तीन जना युवा नेतालाई विना विभागीय मन्त्री पदमा नियुक्ति गरिएको हो । कागेंस सहितको गठबन्धन भत्किएसंगै सोमबार नै सानो आकारको मन्त्रिमण्डल बनेको हो । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बने भने रास्वपाबाट रवि लामिछाने विना विभागित मन्त्री भए । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नै… पुरा पढौ

मन्त्री सिंखडाद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले संघको सेवा र समस्याका बारेमा जानकारी लिनुभएको छ । संघका विविध विषयका बारेमा प्रवन्धक तिवारीले जानकारी दिनुभएको थियो । मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजिकरणका लागि तयार रहेको उल्लेख… पुरा पढौ

भरतपुर र पोखराको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने

दीननाथ बरालभरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने भएको छ । भरतपुर महानगरपालिका मेयर रेणु दाहाल र पोखराका पर्यटन व्यवसायीहरु बिचको हालै भएको भेटघाट कार्यक्रममा दुबै शहरको पर्यटन प्रर्बद्धन गर्न सहकार्य हुने बिषयमा छलफल भएको हो । मेयर दाहालले आफुहरुले हालै भरतपुर भ्रमण बर्ष घोषणा गरी अघि बढेकोले यस बर्ष सहयोग गर्न आग्रह गर्दै आउदो बर्षमा पोखराको पर्यटन प्रबद्र्धन गर्न सहयोग गर्ने बताउनु भयो । मेयर दाहालले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल पार्न पोखराका… पुरा पढौ

जिसस कास्कीद्वारा क्षेत्र न। एक र तीनका योजनाको अनुगमन

जिल्ला समन्वय समिति कास्कीको टोलिले निर्बाचन क्षेत्र न ३ को योजनाको आइतबार अनुगमन सम्पन्न गरेको छ।प्रमुख लिलाधर पौडेलको नेतृत्वमा जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्य र कर्मचारी प्राबिधिक कर्मचारी सम्मीलित टोलिले अनुगमन गरेको हो। कास्की निर्वाचन क्षेत्र न ३ को पोखरा महानगर पालिका वडा न २३ मा नेपाल सरकार शहरी बिकास मन्त्रालय एकीकृत पूर्बाधार बिकास कार्यक्रम अन्तर १२ करोड ४६ लाखको लागतमा निर्माणाधीन कोल्ड स्टोर , प्रदशनि हल र सामुदायिक भवन सहितको आयोजनाको अनुगमन गरिएको हो । जय नेपाल… पुरा पढौ

इन्द्रकलाको सातौं दिनको पुण्यतिथि

पोखरा, २० फागुन नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा ९ आयोजनामा इन्द्रकला पौडेलको सातौं दिनको पुण्यतिथिमा आइतबार शोकसभा सम्पन्न भएको छ । शोकसभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले इन्द्रकला पौडेल धार्मिक एवं सामाजिक व्यक्तित्व रहेको स्मरण गरे । उनले स्व. पौडेलले देखाएको सत्मार्गका कारण सन्ततिको सुखशान्ति रहेको भन्दै प्रेरणाको स्रोत रहेको बताए । कांग्रेस वडा कार्यसमितिका कावा अध्यक्ष खडानन्द पौडेलको अध्यक्षतामा भएको शोकसभामा बोल्ने वक्ताले स्वर्गीय पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे ।… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भयो ः प्रमुख रेनु दाहाल

चितवन २०, फागुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताउनुभएको छ । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उहाँले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पार्नुभयो। प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गर्नुभयो । ‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उहाँ भन्नुभयो,‘सधै यहाँ आएर रंगशाला बन्छ,… पुरा पढौ

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन उद्घाटन सत्रमा सहयोग गर्ने उपर धन्यवाद व्यक्त

चितवन २०, फागुन, भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै प्रति धन्यवाद व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै महानगरले भरतपुर महानगपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फाल्गुन १८ गते नारायणी नदी किनारमा भव्य एवम् उल्लासमय समारोहका बीच सम्पन्न भएको बताएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हिजो देखिएको अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टी गरेको हामी सबैलाई… पुरा पढौ