राजनीति

खिलाङका महिलाहरुलाई तीन दिने उद्धघोषण तालिम सम्पन्न

पोखरा २०, फागुन कास्कीको मादीगाउँपालिका वडा नं. १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबार देखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै वित्ने गरेको र त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्व दायीभुमिकामा सक्षम बनाउन प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए । उनले वडा नं. १ का… पुरा पढौ

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन ः शिर्ष ८ को सेमिफाईनल समिकरण पुरा

पोखरा १६, फागुन, राजधानीमा जारी लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियताविचको सेमिफाईनल समिकरण पुरा भएको छ । पुरुष एकल तर्फ समूह ए बाट बिजेताको रुपमा एपिएफका प्रिन्स दाहाल र उपबिजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह बी बाट बिजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपबिजेताको रुपमा एपिएफका देवराज रानाले सेमिफाईलनमा स्थान बनाए । महिला तर्फ समूह ए बाट ललितपुरकी रशिला महर्जन समूह बिजेता र आर्मीकी अनुमाया राई उपबिजेता तथा समूह बी बाट भोजपुरकी… पुरा पढौ

पत्रकार महासंघका पुर्व सल्लाहकार पौडेललाई मातृशोक

पोखरा १५, फागुन नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सल्लाहकार रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२ः४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ । स्वर्गीय आमा… पुरा पढौ

प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

पोखरा, १४ फागुन प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्ने लगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका छलफल र निर्णयका आधारमा विभिन्न मागसहित मुख्यमन्त्रीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आमसञ्चार विधेयकलाई पत्रकार र मिडियामैत्री हुने गरी पारित गर्न र तत्कालै प्रेस… पुरा पढौ

पोखरा महानगर–३ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा, फागुन १४ पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन,रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११ औं उपाधि

पोखरा,फाल्गुन ११ पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन। ५४ होलको प्रतियोगिता १०(अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९(अन्डरको रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७(अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए। पोखरास्थित पार(६९ को हिमालयन… पुरा पढौ

कास्कीको मादी गाँउपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा ९, फागुन, कास्कीको मादी गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता– २०८० को आयोाजना गर्ने भएको छ । यही फागुनको २७ देखि २९ गतेसम्म स्याङ्जाकोटमा उक्त भलिवल खेल हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । स्थानिय मिलन क्लवको सहकार्यमा उक्त भलिवल प्रतियोगिता हुने तयारी गरिएको मादी गाउँपालिकाको अध्यक्ष देविजङ्ग गुरुङले बताउनु भयो । उक्त प्रतियोगिता गण्डकी प्रदेश स्तरिय रहेकोले प्रदेशका ८४ वटै पालिकालाई पत्राचार गरिने भएको उहाँले जनाउनु भयो… पुरा पढौ

होटलकर्मीद्वारा विकृति विरुद्ध कार्वाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण

पोखरा, ९ फागुन पोखराका होटल सम्वद्ध दुई संस्थाले यस क्षेत्रको भ्रमणमा आउँदै गरेका पर्यटकलाई विच बाटोबाटै पिछा गरी जवर्जस्ती आफूले भनेको होटलमा पुर्याउने व्यक्ति र गिरोह विरुद्ध कार्वाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । होटल संघ पोखरा नेपाल र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीका तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई बुधबार भेट गरी पोखरा छिर्ने विभिन्न नाकाबाटै पर्यटकलाई पिछा गरी अबाञ्छित ढंगले आफूले भनेको होटलमा पुर्याउने प्रवृति विरुद्ध अपरेसन अगाडि बढाउन… पुरा पढौ

बिषय बस्तु राम्रोसंग नबुझि लाइक तथा शेयर नगर्न मन्त्री सिंखडाको आग्रह

पोखरा ८, फागुन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले अनलाईन तथा सामाजिक संजालमा आएका बिषय बस्तु राम्रोसंग नबुझि लाइक तथा शेयर नगर्न आग्रह गर्नु भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको लैगिक समानता तथा समावेसीकरणको नीति र यसको कार्यान्वयन बिषयक छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिंखडाले पछिल्लो समयमा नकरात्मक कुराको बढी चर्चा हुने गरेको उल्लेख गर्दै अनलाइन संचार माध्यम तथा सामाजिक संजालमा आएका बिषय बस्तुहरु राम्रोसंग नबुझी लाइक तथा शेयर नगर्न उहाँले आग्रह गर्नु भएको हो ।… पुरा पढौ

भरतपुर महानगरमा शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छः मेयर रेनु दाहाल

शुक्रनगर ७, फागुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको सोमबार शुबनगरमा उदघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन । महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर खटिएको बताईन् । उनले भनिन,… पुरा पढौ