राजनीति

पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध 

पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो ।  एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम… पुरा पढौ

उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न सांसद भट्टराईको माग

पोखरा ,चैत्र १८ कास्की निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् । ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा महेन्द्र र चमेरे गुफा अवलोकन

गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखराको प्रमूख पर्यटकीय स्थल महेन्द्र गुफा र चमेरे गुफाको अवलोकन गर्नुभएको छ। करिब ३ दशक पछि प्रसिद्ध महेन्द्र र चमेरे गुफाको अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गर्दै , गुफा क्षेत्रको विकासले फड्को मारेको वताउनु भयो। प्राकृतिक गुफालाई यसको पहिचान नमेटिने गरि संरक्षण गरिनुपर्नेमा जोड दिदै, प्रमुख भट्टले निर्माणाधीन संरचनाले थप आकर्षण दिने विश्वास ब्यक्त गर्नुभयो। स्थानीय विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा संचालित दुवै गुफाको विषयमा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य एवम् महेन्द्र… पुरा पढौ

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

काठमाडौं, १५ चैत , दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो । दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र… पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी (कसको मत कति)

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनबाट उहाँले निकटम् प्रतिद्धन्दी माधव प्रसाद बास्तोलालाई पराजित गर्दै जित हासिल गरेका हुन् । २ सय ४ मत अन्तरले क्षेत्रीले जित हासिलद गर्नुु भएको हो । क्षेत्री ले ५ सय ५१ मत ल्याउदा बास्तोलाले भने ३ सय ४७ मत प्राप्त गर्नु भएको थियो । क्षेत्री एमाले नेता एवं खगराज अधिकारीको निकटका हुनुहुन्छ भने बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार हुनु हुन्थ्यो… पुरा पढौ

पूर्व कर्मचारी परिषद कास्कीद्धारा ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना

जया पौडेल, पूर्व कर्मचारी परिषद नेपाल कास्की शाखाले ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना गरेको छ । परिषदमा हालै आयोजित एक समारोहका बिच गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले उक्त सेवाको उद्घाटन गर्दै पूर्व कर्मचारीहरुसंग धेरै अनुभव भएको बताउदै देशमा उहाँहरुले पुराएको योगदानलाई राज्यले सधैं सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । परिषद कास्कीका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नायब महालेखापरिक्षक रामबाबु नेपाल, गण्डकी प्रदेशको पशु विकास निर्देशनालयका महानिर्देशक प्रेरणा भट्टराई, परिषदका उपाध्यक्ष अनन्तराज लम्साल, सदस्य गिरधारी… पुरा पढौ

खेलकुद मन्त्री श्रेष्ठद्धारा रंगशाला अवलोकन, खेलकुदमा भएको चाकडी प्रथाको अन्त्य गर्नुपर्नेमा जोड

दीननाथ बराल, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा चाकडी गर्ने परिपाटीले गर्दा खेलकुद क्षेत्र अघि बढ्न नसकेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता समेत रहनु भएको मन्त्री श्रेष्ठले आइतबार पोेखरा रंगशालाको अवलोकन गर्दै खेलकुदमा चाकडी गर्ने सिस्टमले गर्दा खेलकुदको विकास हुन नसकेको बताउनु भएको हो । उहाँले भन्नु भयो, “खेलकुदको विकास गर्न एक प्रशिक्षकले आफ्ना खेलाडीहरु उत्पादन गर्नु भन्दा पनि कुन नेताको कसरी नजिक हुँदा आफुलाई फाइदा हुन्छ, कसरी चाकडी गर्न सकिन्छ भन्ने सोच्नाले नेपाली खेलकुदको… पुरा पढौ

फागु पूर्णिमाको प्रदेश प्रमुख भट्टद्धारा शुभकामना

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक शुभकामना सन्देशमार्फत् उहाँले नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र  सम्वर्द्धन  गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पुरा

पोखरा, ९ चैत , नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको… पुरा पढौ

एमाले कास्कीको अधिवेशन शनिबार देखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने तयारी

पोखरा, चैत ९, नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । १ सय २० जनाको निर्वाचनबाट चयन हुने भएको छ भने १० प्रतिशत मनोनित र बाँकी १० प्रतिशत अन्य पार्टी… पुरा पढौ