राजनीति

गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउन निवर्तमान मुख्यमन्त्री अधिकारीको आग्रह

पोखरा १९ साउन, नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ुगण्डकी दर्पणुको विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको सङ्केत थियो ।… पुरा पढौ

सामाजिक सुरक्षामा सामुहिक प्रयास आवश्यक

गण्डकी, १८ साउन समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएको छन् । पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन । कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर… पुरा पढौ

लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरकः प्रदेश प्रमुख भट्ट

पोखरा, १८ साउन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त… पुरा पढौ

 पोखरा महानगरले तोक्यो अनुुदानको मलको मूल्य, तोकिएकै मूल्यमा बिक्री नगरे कारबाही ः उपप्रमुख गुुरुङ

पोखरा, साउन १८, पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, कृषि… पुरा पढौ

निर्वाचनलाई अपाङ्गतामैत्री बनाऊ, “बौद्धिक अपाङ्गताको डिग्रीको अवमूल्यन नगर”

नेपालको राजनीतिक वृत्तमा 'जसको सवाल, उसको नेतृत्व' सिद्धान्तको बर्खीलाप भएकोमा एक समारोहका वक्ताले चिन्ता व्यक्त गरेका छन् । नेत्रहिन युवा संघ नेपाल कास्कीको आयोजनामा बुधबार पोखरामा सम्पन्न अपाङ्गता भएका व्यक्तिको राजनीतिक तथा सावर्जनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकार विषयमा पत्रकार सम्मेलन आयोजना गरी सरोकारवालाले उक्त धारणा राखेका छन् । नेत्रहिन संघ नेपालका नागरिक आवद्धता एवम् राजनैतिक सहभागिता कार्यक्रमका, कार्यक्रम अधिकृत जीवन आचार्यले फरक क्षमता भएका व्यक्तिका लागि राज्यमा सिर्जित अवरोधप्रति चिन्ता र आक्रोश एकैसाथ व्यक्त गरे । आचार्यले भने– ‘बौद्धिक… पुरा पढौ

पोखरा–३३ शिववस्तीमा महायज्ञ सुरु

पोखरा, १४ साउन पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा आजदेखि श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ । मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ हुन लागेको महायज्ञ यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने जनाइएको छ । महायज्ञको भव्य समारोहका बीच उद्घाटन गर्नुुहुँदै गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री विन्दुुकुुमार… पुरा पढौ

प्रदेशका भौतिक मन्त्री गुरुङलाई कारवाही गर्न माग

दीननाथ बराल,पोखरा १४, साउन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न माग गरिएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापा समक्ष कारवाहीको माग गरेको हो । नैतिक आचारणको ख्याल नगर्ने र पत्रकार माथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री गुरुङले नामै किटेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको मञ्च गण्डकीका अध्यक्ष भरतराज कोइरालाले बताउनु भयो । मञ्चले सोमबार ध्यानाकर्षण गराउदै नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने… पुरा पढौ

यातायात व्यवसायीको आन्दोलन स्थगित, सवारी साधन चल्न सुरु

दीननाथ बराल,पोखरा १३, साउन, यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ । गण्डकी प्रदेश सरकार र व्यवसायीहरु बिच राइड सेयरिङ एपको बिषयमा १० सदस्य सुझाव सहितको प्रतिवेदन पेश गर्ने समिति गठन गर्ने निर्णय भएसंगै हाल यातायात व्यवसायीको आन्दोलन स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार अहिले देखि सवारी साधन चल्न सुरु भएको छ । गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री विन्दुकुमार थापाले राइड सेयरिङ एपको बिषयमा १० सदस्य छानविन समिति गठन निर्णय भएको… पुरा पढौ

पोखरामा पत्रकारलाई कुटपिट गर्ने ५ जना पक्राउ, सर्वत्र बिरोध

दीननाथ बराल,पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ५ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त घटनाको बिषयमा हाल सर्वत्र बिरोध भएको छ । पत्रकार माथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा गोरखा भच्चेक घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने ३३ बर्षका बुद्धि बहादुर… पुरा पढौ

पोखरामा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा संचालन नहुँदा यात्रुलाई सास्ती(भिडियो) सहित

दीननाथ बराल,पोखरा १३, साउन, पोखरा सहित गण्डकी प्रदेशमा आज(आइतबार) बिहानै देखि सार्वजनिक यातायात सेवा संचालन नहुदा यात्रुहरुले सास्ती भोग्नु परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आइतबार देखि महासंघमा आबद्ध कालोप्लेटका सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगर्दा यात्रुले सास्ती भोग्नु परेको हो । प्रदेशमा राइड शेयरिङ एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा (कालो प्लेटका सवारी साधन) ठप्प पारेको हो ।आफ्नो माग… पुरा पढौ