रास्वपा सभापति लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझायो

-


     पोखरा क्लिक     
     पौष १ गते २०८१ मा प्रकाशित


पोखरा १, पुष,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाएर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपितहरु संगको बयान र सोधपुछ एवं अध्ययन अनुसन्धान गरेको कास्की प्रहरीले ८४ दिनपछि सोमबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताउनु भयो ।
सहकारी ठगी आरोपमा पक्राउ पर्नु भएको लामिछाने सहितका अन्यलाई सम्पत्ति सुद्धिकरण, सहकारी गठी, संगठित अपराध सम्बन्धि कसुरमा अनुसन्धान प्रतिवेदन बुझाइएको उहाँले जनाउनु भयो । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी सम्बन्धि मुद्धामा ६५ जनालाई प्रतिवादी बनाउन कास्की प्रहरीले राय दिएको हों ।

आरोपित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहित सोमबार जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको डिएसपी शर्माले जनाउनु भयो । उहाँहरु मध्य हालसम्म १४ जनाको परिचय खुलेको अन्यको अनुसन्धान र खोजि कार्य भइ रहेको उहाँको भनाई थियो । प्रहरीले ती प्रतिवादी बिरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गर्न पनि राय पेश गरेको छ ।

प्रतिवेदन अध्ययनका लागि थप समय आवश्यक पर्ने भएकाले रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थपका लागि माग गर्ने सम्भावना समेत रहेको श्रोतको भनाई छ । गत असोज ६ गते प्रहरीले रबि र जिवीका पार्टनर पूर्व डिआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने रविलाई कार्तिक २ गते पक्राउ गरेको थियो ।
संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणमा रवि लामिछाने लगायतलाई कारवाही गर्न सिफारिस गरेसंगै रबिलाई पक्राउ गरिएपनि छविलाई पक्राउ गरेकै मितिले ९० दिन भित्रमा अभियोजन गरिसक्नुपर्ने भएकाले पुस ५ गतेभित्र त्यसबारे सरकारी वकीलको कार्यालय टुंगो लगाउनु पर्ने हुन्छ । मुद्धाका आधारमा तथ्य हेरेर न्यायाधीसले रबि लामिछाने, छवीलाल जोशीलगायतलाई पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा रिहा गर्न आदेश दिने त्यसको बारेमा केही दिनमा टुंगो लाग्ने भएको छ ।

रविलाई अनुसन्धानको क्रममा रुपन्देही, चितवन, काठमाडौं र पर्सामा समेत पक्राउ पुर्जी जारी भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यही अभियोगमा उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामै रहनु भएको छ ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको र आफूलाई राजनीतिक प्रतिशोधका कारण अनावश्यक दुःख दिने अहिलेसम्म म्याद थपको बहसमा रविले बयान दिदै आएको बताइन्छ । रास्वपाले मानवअधिकार चोकमा हरेक दिन बिरोध कार्यक्रम गर्दै आएको छ ।