राजनीति

पत्रकार महासंघ गण्डकीको पदस्थापन

पोखरा, १४ पुस, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आइतबार पोखरामा शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । गत २८ मंसिरमा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले शपथ ग्रहण गराए । आगामी ३ वर्षका लागि नवनिर्वाचित उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष ९महिला० मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव ९समावेशी०… पुरा पढौ

दाताको सहयोगमा माछापुच्छ«ेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण

पोखरा,१४ पुस, कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ ।स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो । सेवा केन्द्रका… पुरा पढौ

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन, सेवा प्रवाह चुस्तदुरुस्त बनाई मन्त्री थापाको निर्देशन

पोखरा १४, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा… पुरा पढौ

पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्छुः मन्त्री गुरुङ(भिडियो सहित) ,पोखरा सडक महोत्सव सुरु

दीननाथ बराल,पोखरा, १२ पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ । रेवान पोखराको आयोजनामा पोखरामा आज (शनिबार) देखि सुरु भएको २६ औँ संस्करणको पोखरा सडक महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री गुरुङले पर्यटनको राजधानि पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको सम्भावना भएकोले त्यसको केन्द्र बनाउन पहल गर्दै आएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=4KX0D6f2gvc यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक भएको बताउदै यसमा… पुरा पढौ

मुलुक भत्कानबाट बचाउदै ट्याकमा ल्याएका छौं मन्त्री गुरुङ

पोखरा १३, पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई भत्कानबाट बचाउदै हाल ट्याकमा ल्याएको बताउनु भएको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–१ टुसेमा हालै निर्माण भएको नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज (शनिबार) उद्घाटन गर्दै उहाँले मुलुक भत्कान लागेको अबस्थाबाट हाल ट्याकमा ल्याएको बताउनु भएको हो । मुलुकमा अझै केही समय सन्तुलन राखेर काम गर्नुपर्ने बताउदै मन्त्री गुरुङले राजश्व केही बृद्धि देखि पुंजिगत खर्च बढ्न थालेको जनाउनु भयो । पुंजिगत खर्च नभई देशमा रोजगार… पुरा पढौ

रास्वपाका सभापति रवि लामिछानेको सवारी साधन सहित सम्पत्ति जफतको माग, संसद पद समेत निलम्वन हुने प्रकृयामा सम्पत्ति शुद्धिकरण तर्फ २७ करोड रकम बिगो दाबी

दीननाथ बराल,पोखरा ७, पुष, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । उक्त मुद्धा दायर गरेसंगै उहाँको सवारी साधन सहितको सम्पत्ति जफतको लागि माग गरिएको छ । साथै सभापति लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना… पुरा पढौ

पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्य समितिको सपथ ग्रहण तथा पदस्थापना, सहकारीका ठगलाई कार्वाही गछौंः मन्त्री गुरुङ (भिडियो सहित)

पोखरा, ७ पौष, नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताउनुभयो । https://www.youtube.com/watch?v=zteNIEfTg6Q उहाँले राजनितिक अस्तिरताले नितिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रो संग काम गर्न नसक्ने बताउनुभयो । आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवाला संग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने बताउदै यस्लाई प्रभावकारी… पुरा पढौ

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ मन्त्री थापा

पोखरा ७, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले ध्यानले व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पु¥याउने बताए । “ध्यान, योग र मानसिक स्वास्थ्यले हाम्रो जीवनमा पु¥याउने योगदान आज मात्र होइन मानव सभ्यताकै इतिहासदेखि नै महत्वपूर्ण रहँदै आएको छ । ध्यान केवल व्यक्तिगत… पुरा पढौ

सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

पोखरा, ६ पुस, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताउनुभएको छ । सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उहाँको भनाई छ । धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो । ‘संस्थालाई कानुन बमोजिम सञ्चालन गरी समाजको आचारसंहितालाई अंगिकार गर्दै सामाजिक मूल्य मान्यतालाई अनुशासितरुपमा आत्मसात गर्दै उद्देश्य अनुरुप अघि बढ्नुपर्ने हुन्छ… पुरा पढौ

न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड

पोखरा, पुस ५, सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरुले जोड दिएका छन् । न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरुप त्यस्ता न्यायधिश सिफारिस गर्न समेत सुझाव दिइएको छ । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रदेशिक भेलामा बोल्नुहुदै सो संस्थाका केन्द्रिंय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति चिन्ता… पुरा पढौ

This will close in 20 seconds