राजनीति

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव

दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड… पुरा पढौ

भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व ः मन्त्री थापा

पोखरा ३०, साउन, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै… पुरा पढौ

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने शिक्षामन्त्री भट्टराईद्वारा जानकारी

साउन ३० ,काठमाडौ, विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ । बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड ९अनुत्तीर्ण०मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताउनुभएको हो । उहाँले भन्नुभएको छ, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका… पुरा पढौ

लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो मन्त्री देवकोटा

पोखरा ३० साउन, लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् । गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा दाहाल

पोखरा २९, साउन नाट्टा गण्डकी प्रदेश को मंगलबार सम्पन्न १३ औं अधिबेशनबाट किशोर दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । त्यसै गरी संस्थाको प्रथम उपाध्यक्षमा संगीता पौडेल, द्धितिय उपाध्यक्षमा राजेश पहारी, महासचिवमा चेतन कार्की , सचीवमा नबराज भण्डारी, कोषाध्यक्षमा सुबाश पहारी, सह कोषाध्यक्ष सन्दिप श्रेष्ठ सदस्यहरुमा बिजय पौडेल, तुल गुरुङ, प्रतिक लामिछाने र छबि पौडेल रहनु भएको छ । उक्त अधिवेसनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र पोखरा आसपास क्षेत्रको आर्थिक बिकास पर्यटन भएकोले यहाँका… पुरा पढौ

आदिवासी दिवसको अवसरमा पोखरामा र्याली प्रर्दशन

पोखरा २६, साउन, पोखरामा आदिवासी दिवसको अवसरमा निकालिएको र्याली । शुक्रबार पोखरामा निकालिएको र्यालीमा सहभागिहरु विभिन्न भेषभुषामा सजिनु भएको थियो । तष्विर दीननाथ बराल पुरा पढौ

टेलिकमको गुणस्तर सुधार गर्न सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्यः सञ्चारमन्त्री गुरुङ

पोखरा, साउन २६, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्य रहेको निश्कर्ष सुनाउनु भएको छ । पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रवार निरीक्षण गरेपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले टेलिकमको सेवालाई समय सापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने भन्दे आफ्नो ध्यान सक्षम नेतृत्व र चुस्त व्यवस्थापनतर्फ रहेको बताउनु भयो । अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा… पुरा पढौ

प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम स्थगित

पोखरा २५, साउन, प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गर्दा शैक्षिक संस्था गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम नै स्थगित भएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरे पनि एकतर्फी ढंगले निर्णय भएको भन्दै बिबाद उत्पन्न भएपछि कार्यक्रम स्थगित भएको श्रोतले जनाएको छ। उक्त कार्यक्रमको शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आउनु भएको थियो… पुरा पढौ

मादी गाउँपालिका २ मा सार्वजनिक सुनुवाई सम्पन्न

पोखरा, २४ साउन, कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए । कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख… पुरा पढौ

भु संरक्षण दिवसमा बास रोपण

पोखरा साउन २४, ५०औं भु ( संरक्षण दिवस २०८१ को अबशरमा बास रोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरे। पौडेलले जलवायु उत्थानशिलताका लागि ब्यबस्थित जलाधार भएको बताउदै जल जमिन र जंगलको संरक्षण नै समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। पौडेलले ब्यबस्थित जलाधारबाट नै जलवायु परिबर्तनका असर न्यूनीकरण हुने उल्लेख गर्दै बिकास निर्माण पर्यावरणमैत्री बनाउने तर्फ ध्यान दिन आग्रह गरे । बाताबरण मैत्री बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्ति असम्भव रहेको भन्दै प्रमुख… पुरा पढौ