राजनीति

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

काठमाडौँ २९, फागुन राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । संघीय संसद् सचिवालयमा उहाँले मंगलबार निर्वाचित भएसंगै पदभार ग्रहण गरेका हुन्। अध्यक्ष दाहालले सांसद, सचिवालय र कर्मचारीबीच एकता, समझदारी र विश्वासको वातावरण बनाएर अगाडी बढ्ने बताए। राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिकालाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने, जनाए । यस अघि राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका दाहाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको… पुरा पढौ

पोखरा सहित कास्कीमा उत्कृष्ट भएका विन्ध्यबासिनी र मदरल्याण्डलाई सम्मान

पोखरा महानगरपालिका सहित कास्कीमा उत्कृष्ट हुन सफल दुई बिद्यालयलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरको स्थापना दिवसको सन्र्दभमा महानगरले एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ पोखरा १६ बाटुलेचौरमा रहेको विन्ध्यबासिनी मावि र निजी तर्फ पोखरा मासवारमा रहेको मदरल्याण्ड माविलाई महानगरको उत्कृष्ट बिद्यालयको रुपमा हालै सम्मान गरेको हो । पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्याँम बहादुर थापा लगायतले उक्त बिद्यालयका प्रतिनिधिहरुलाई सम्मान पत्रको साथमा सम्मान गरेका हुन् । एसइइमा मदरल्याण्डबाट ४ जिपिए ल्याउने दुई जना… पुरा पढौ

गण्डकी प्रदेशका प्रदेश प्रमुख गुरुङ पदमुक्त, एमालेका भट्ट प्रदेश प्रमुखमा सिफारिस

दीननाथ बराल,गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङ पदमुक्त हुनु भएको छ । आज बसेको पत्रिपरिषदको बैठकले कागेंसका गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको हो । उहाँले करिब ३१ महिना प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भयो । गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त हुनु भएको थियो । एमालेकी सिता कुमारी पोडेल पदमुक्त भएसंगै उहाँ गण्डकी प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भएको थियो । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पालामा नियुक्त हुनु भएको गुरुङ खगराज अधिकारी र सुरेन्द्रराज पाण्डेको नेतृत्वको सरकारमा… पुरा पढौ

अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउछौंः मन्त्री गिरी

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले धराशायी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । कास्कीको रूपा गाउँपालिकाको सातौं स्थापना दिवसको कार्यक्रममा आइतबार बोल्दै उहाँले धराशायी अबस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको हो । नेपाली युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने गरी सरकारले कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री गिरीको भनाई थियो । विचार नमिल्नेहरुको विगतमा भएको गठबन्धनको सरकारले चाहेर पनि राजनीतिक समस्याको समाधान, सुशासन… पुरा पढौ

पोखरामा डेढ बर्षमा बन्ने गरी पोखरा भवनको शिलान्यास

दीननाथ बराल, पर्यटकीय नगरी पोखरामा आगामी डेढ बर्षमा निर्माण हुने गरी पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा उक्त भवनको आइतबार एक समारोहका बिच शिलान्यास गरिएको हो । पोखराका मेयर धनराज आचार्यले उक्त भवनको शिलान्यास गर्दै सो भवन पोखराको पहिचान गराउने दाबी गर्नु भयो । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा पोखरा भवन निर्माण हुने भएको उहाँको भनाई छ । उक्त भवनमा पुस्तकालय सहित पर्यटन सूचना केन्द्र, घण्टा घर, आर्ट ग्यालरी निर्माण हुने… पुरा पढौ

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे । वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३… पुरा पढौ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित

लण्डन २५, फागुन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित एक समारोहबीच उनलाई बिहीबार लण्डनका मेयर सादिक खानले अवार्ड प्रदान गरेका छन् । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो । मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागीे विशेष समारोहबीच अवार्ड वितरण गरिएको महानगरले जनाएको छ । मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन… पुरा पढौ

राष्ट्रपतिद्वारा पत्रकार पौडेल परिवारप्रति समवेदना प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले पोखराका अग्रज पत्रकार रमेश पौडेल परिवारप्रति समवेदना प्रकट गरेका छन् । रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलका ममतामयी आमा इन्द्रकला पौडेलको गत फागुन १४ गते कुस्मा ९, कटुवाचौपारी ज्ञादीस्थित आफ्नै निवासमा निधन भएको थियो । राष्ट्रपति पौडेलले बिहीबार टेलिफोनमार्फत आमा इन्द्रकलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापा, कृषिमन्त्री महेन्द्रध्वज… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार समर्थन मूल्य प्रदान

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गर्नुभएको हो । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका… पुरा पढौ

गण्डकी प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई प्रदेश सरकारबाट मासिक ५ हजार सहित सम्मान

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले ओलम्पिक खेलमा सहभागी प्रदेशका ९ जना ओलम्पियनहरुलाई मासिक भक्ता ५ हजार सहित सम्मान गरेको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मासिक ५ हजारका दरले (वार्षिक ६० हजार) सहित कार्यालयमै प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज… पुरा पढौ