समाचार

यसपाली पनि पोखरा महानगरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा १४, पुष पोखरा महानगरपालिकाले यसपालीको १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार देखि सुरु भएको उक्त प्रतियोगितामा २८ स्वर्ण, १५ रजत र २ काश्य पदक सहित पोखराले उपाधि रक्षा गरेको हो । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा, रुपा गाउँपालिका १ स्वर्ण ४ रजत र ८ काश्यका साथ तेश्रो भएको छ । प्रतियोगिता अन्र्तगत… पुरा पढौ

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलालाई

पोखरा, पौष १४ दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले हात पारे । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल… पुरा पढौ

अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख  एमाले उप महासचिब गुरुङ

पोखरा ,पुस १४ ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो। उप महासचिब गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो । देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा… पुरा पढौ

पोखरा उवासंघ र भक्तपुर उवासंघबीच भ्रातृत्व सम्बन्ध कायम

पोखरा १४, पुष पोखरा उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघबीच शुक्रबार भ्रातृत्व सम्बन्ध कायम गरिएको छ । दुई संघबीच एकआपसमा भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच भ्रातृत्व सम्बन्ध कायम गरिएको हो । भ्रातृत्व सम्बन्ध कायमसँगै सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्ताक्षर गरे । समझदारी पत्रमा भक्तपुर र… पुरा पढौ

रात्रिकालीन उडानका भर्न तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ ।गत पुस १७ गतेदेखी आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली भोलिदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताउनुभयो… पुरा पढौ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले तोकेको न्यूनतम मूल्य हो । कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ३० रुपैयाँ रहेको छ । यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।… पुरा पढौ

पर्वतका टीकाराम तिमिल्सिना मह बेचेर वर्षिक ३५ लाख आम्दानी

पर्वत – घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार… पुरा पढौ

किवानिस क्लब पोखरामा न्यौपाने

किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो । नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष भण्डारी र सुमेश बास्तोला छन् । नवीन पौडेल र देवेन्द्र… पुरा पढौ

दसैंमा मनसुन नहट्ने, कुन कुन दिन हुन सक्छ वर्षा ?

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन÷चार दिन वर्षाको सम्भावना रहेको बताए । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१… पुरा पढौ

पुष्पलाई पत्रकारिता पुरस्कार

पत्रकार पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको सोमबार आयोजित १३ औं वार्षिक साधारणसभामा उनलाई सहकारीका अध्यक्ष शुक्र कँडेल र गण्डकी प्रदेशका सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सम्मान गरेका हुन् । दाहाल पोखरा टेलिभिजनमा आवद्ध छन् । कार्यक्रममा मन्त्री बुढाले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सबै सहकारीले काम गर्नुपर्ने बताए । सहकारी स्थापनाको मर्म तथा अवधारणा अनुसार काम भए यो अर्थतन्त्रको बलियो तेस्रो खम्बा बन्ने उनको भनाइ छ । सभामा उत्कृष्ट कर्मचारीबाट… पुरा पढौ

This will close in 20 seconds