समाचार

पोखराको एक पेट्रोल पम्पमा पेट्रोल हाल्ने क्रममा आगलागी, स्कुटर जल्यो, ठुलो क्षेती हुनबाट बच्यो

दीननाथ बराल,पोखरा २, वैशाख, पोखरामा पेट्रोल भर्ने क्रममा एक स्कुटरमा आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षती भएको छ । पोखरा शिशुवा स्थित बिन्ध्यावासिनी आयल स्टोरमा पेट्रोल भर्ने क्रममा आज दिउँसो ग८प ८२१८ नम्बरको स्कुटरमा आगलागी हुदाँ जलेर पूर्ण रुपमा क्षती भएको कास्की प्रहरीले जनाएको छ । आगलागीबाट मानविन क्षति नभएको तथा पम्प क्षेत्रमा आगलागी हुनबाट बचाउन सकिएको बताइएको छ । के कारणले गर्दा आगो लागी भएको त्यसका बारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले… पुरा पढौ

दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो । पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् । गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डक न्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज… पुरा पढौ

भागवतको तत्व ज्ञान दिलाउने उद्धेश्यले पोखरामा महायज्ञ सुरु

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि सुरु भएको छ । ज्ञानमहायज्ञको उद्घाटन अगाडि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो । सो महायज्ञको उद्घाटन गर्नुहुदै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले गर्नुहुदै धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यस महायज्ञले टेवा पुर्याउने बताउनुभयो । उहाँले ज्ञानभुमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभुमि रहेको बताउनुहुदै लोककल्याण तथा विशुद्ध… पुरा पढौ

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, मोटर कसरी गर्न सकिन्छ

आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ ।मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि।बि। ९बिष्णु० ढकालले जानकारी दिए । ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप लगानी गरी जलाशय किनारमा ुबिच रेस्टुरेन्टु, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट… पुरा पढौ

आहा क्या राम्रो लाली गुराँस फुलेकोः

अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने घोरेपानी लगायकतो स्थानमा यति वेला लाली गुरास फुलेर राताम्मे भएको छ । पद मार्गमा निस्केका पर्यटकलाई विभिन्न रंगमा फुलेको लाली गुराँस र चराचुरुङगीको आवाजले थप रौनक दिने गरेको पर्यटकहरुले बताउनु हुन्छ । पुरा पढौ

आलु महोत्सवमा २२ लाख आलुको कारोबार

हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो। बागलुङ, स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले… पुरा पढौ

प्रियंकाको जाली रुमालमा फसे आयुष्मान

भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत लुकाउने ठावै छैन 'जाली रुमाल' सार्वजनिक भएको छ।  गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ।   गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।  रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ। पुरा पढौ

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा, १ वैशाख, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार… पुरा पढौ

नेपाली नयाँ बर्षमा पोखरामा आतिसबाजी सहित साङगितीक कार्यक्रममा रमाए पर्यटक (फोटो\भिडियो)

दीननाथ बराल,पोखरा, १ वैशाख, नेपाली नयाँ बर्ष २०८१ लाई पोखरामा भव्य स्वागत गरिएको छ । पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा आतिसबाजी सहितको साङगिती कार्यक्रमले आगन्तुक पर्यटक तथा दर्शकले भरपूर्ण मनोरन्जन लिनु भएको छ । पोखरामा आयोजना भएको १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा पुगेका पर्यटक आतिसबाजि सहितको सांगितीक माहोलमा रमाएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । लाख बढी दर्शक एवं पर्यटकको माझ पोखरामा नेपाली नयाँ बर्षलाई आतिसबाजी सहित… पुरा पढौ

पोखरामा बैशाख १० देखि रोजगार मेला हुने तयारी

पोखरा १, चैत, पोखरामा बैशाख १० देखि रोजगार मेला हुने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा सभागृहमा यही बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिन चल्ने दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको हो । बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदार आवश्यक पर्ने व्यवसायीक र्फमहरुले प्रत्यक्ष भेटघाट गर्ने गराउने मेलाको मुख्य उद्धेश्य रहेको मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई… पुरा पढौ

This will close in 20 seconds