समाचार

मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

दीननाथ बराल, पोखरा ७, फागुन, मधेश प्रदेशले तेश्रो मनमोहन कप राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि खेल (यू–१६) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । विजेता भएको मधेश प्रदेशले उपाधि सहित नगद १ लाखका प्राप्त गर्दा उपविजेता भएको सुदुर पश्चिमले भने नगद ५० हजारका साथमा ट्रफी र पमेडल, प्रमाण—पत्र प्राप्त परेको छ । खेलमा म्यान अफ दी… पुरा पढौ

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई

दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् । प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै उपाधि चुमेको हो । निधारीत समयमा ३–३ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा पुगको थियो । युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निधारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि सहित… पुरा पढौ

असफलताको पाठः बंगुर पालनबाट घाटा व्यहोरेकाहरु

पोखरा ७, फागुन नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए । उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको… पुरा पढौ

पोखरामा झण्डा पार्क बन्यो

पोखरामा अन्तराष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । पोखराको महेन्द्रपुलमा पोखरा महानगर र लायन्स क्लवको समन्वयमा उक्त पार्क निर्माण गरिएको हो । उक्त पार्कको औपचारिक उद्घाटन भने सोमबार बिहान गर्ने तयारी भएको महानगरले जनाएको छ । पुरा पढौ

साइनिङ स्टार बोर्डिङको रजत जयन्तीमा कलाकार घिमिरेलाई सम्मान

पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयले अन्र्तराष्ट्रिय स्तरमा समेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृती चिनाउन मद्धत पु¥याएको उहाँको भनाई… पुरा पढौ

नृत्य प्रतियोगिताको उपाधि एकलतर्फ सन्तोष र समुहगततर्फ बेसलाइनलाई

पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत समुहगत प्रतिष्पर्धामा बेसलाइन एकेडेमीले उपाधि जित्न सफल भयो । कुल १६ समुहले भाग लिएको यो विधातर्फको उपाधि जितेको बेसलाइनले १ लाख रुपैयाँ हात समेत पा¥यो । समुहगततर्फ द्धितिय बनेको निश्चल डान्स एकेडेमीले ५० हजार र तृतीय बनेको कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । समुहगततर्फ पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो । समुहगततर्फ सहभागी भएको रोटरी क्लब अफ पोखरा लेकसाइडलाई… पुरा पढौ

हिसान फुटसलमा स्टेप बाई स्टेप, त्रिवेणी पब्लिक, पोखरा लिङन र इन्फोम्याट्रिक कलेज फाइनलमा

पोखरा, ६ फागुन उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा जारी दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । हिसान प्रदेशस्तरीय प्लस टु स्तरीय फुटसलमा स्टेब बाई स्टेप सेकेन्डरी स्कुल र त्रिवेणी पब्लिक स्कुल फाइनलमा प्रबेश गरेका छन् । स्टेब बाई स्टेपले स्नोभ्यु इङलिस बोडिङ स्कुललाई ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजीत गर्दै फाइन प्रबेश ग¥यो । त्यसै गरी त्रिवेणी पब्लिक स्कुलले सगरमाथा सेकेन्डरी स्कुललाई २–१ गोलले हराउदै फाइनल… पुरा पढौ

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि

दीननाथ बराल, शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरबिद्यालय स्तरिय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा आज (आइतबार) भएको फाइनल खेलमा टाईब्रेकरमा ५—४ को गोल अन्तरले शान्ति निकुन्जले बालोदय बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले खेल बराबरीमा टुगिए पछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा बालोदयका सुविन सारु मगरले… पुरा पढौ

७५ बर्षीय रानाभाटको २२ बर्ष पछि पूरा भयो म्याराथन दौडने सपना

दीननाथ बराल,पोखरा ६, फागुन, व्यक्तिमा इच्छा शक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण दिनु भएको छ ज्येष्ठ नागरिक खड्ग बहादुर रानाभाटले । उमेरले ७५ बर्षका पुग्नु भएको ज्येष्ठ नागरिक रानाभाटले शनिबार पोखरामा सम्पन्न भएको १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२ किलोमिटर) पुरा गर्दै मेडल प्राप्त गरेसंगै आफ्नो २२ बर्ष अघिको सपना पूरा भएको प्रतिकृया दिनु भएको छ । आफुले जन्माएको संस्थाबाट म्याराथन दौंड पूरा गर्नु आफ्नोे लागि ठुलो उपलब्धि भएको जनाउनु भयो । नेपाल भुतपुर्व… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडान सूचारु गराउन सार्वजनिक सभा

पोखरा ५, फागुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गराउन दबाब दिने उद्देश्यले आइतवार पोखरामा सार्वजनिक सभा आयोजना हुने भएको छ । उक्त सभाको आयोजना राष्ट्रिय नागरिक अभियान कास्की र स्वतन्त्र पत्रकार संघ कास्कीले गरेका हुन् । अभियानका संयोजक विनय यादवले पोखरावासीको ठूलो लगानी, सिङ्गो पोखराको गौरवको योजना निर्माण भएर सञ्चालनमा आइसक्दा पनि अन्तर्राष्ट्रिय उडानका लागि राज्य निदाएकाले ब्यूझाउन सभा आयोजना गरिएको बताए ।सभाको मुख्य उद्देश्यारे प्रकाश पार्दै उनले थपे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर, वी।आर।आइ। ऋणलाई अनुदानमा परिणत… पुरा पढौ