पोखरामा बैशाख १० देखि रोजगार मेला हुने तयारी

-


     पोखरा क्लिक     
     वैशाख १ गते २०८१ मा प्रकाशित



पोखरा १, चैत,

पोखरामा बैशाख १० देखि रोजगार मेला हुने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा सभागृहमा यही बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिन चल्ने दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको हो ।

बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदार आवश्यक पर्ने व्यवसायीक र्फमहरुले प्रत्यक्ष भेटघाट गर्ने गराउने मेलाको मुख्य उद्धेश्य रहेको मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई दक्ष कामदार प्राप्त गर्न सहयोग पुग्ने उनले जनाए ।

मेलामा प्राविधिक शिक्षा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, सफल उधमीका कथा मार्फत उद्यमशीलतका लागि अभिप्रेरणा, शैक्षिक एवम् प्रवद्र्धनात्मक अभ्यासहरुको प्रद्र्धशनी हुने आचार्यले बताए । यस बर्ष आयोजना हुने मेलाबाट करिब ३ सय जनालाई प्रत्यक्ष रुपमा रोजगारको अवसरमा हुने आयोजकले अपेक्षा गरेको छ । उक्त मेला सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने जनाइएको छ ।