समाचार

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त, वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो । यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ सदस्य महेश… पुरा पढौ

पोखरा महानगरद्धारा रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरुलाई रोजगारीसँग जोड्ने बताउनु भएको छ । महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने उहाँको बताउनु भएको हो । परियोजनाले युवाहरुलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान गर्नेछ ।”मेयर आचार्यले बताउनु भयो । पुरा पढौ

महानगरले कृषि यान्त्रिकरण अभियान अन्र्तगत मिनीटिलर वितरण

पोखरा महानगरपालिकाले कृषि यान्त्रिकरण अभियान अन्तर्गत ५० प्रतिशतको लागत साझेदारीमा पोखरा २८ मा २० वटा मिनिटिलर बितरण गरेको छ । यस्तै एक वडा एक पकेट कार्यक्रम अन्तर्गत मौरी विस्तारका लागि १०० वटा घार तथा २ वटा मह मदानी ५० प्रतिशत लागतमा बितरणमा गरेको छ । पुरा पढौ

पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदीलाई पोखरामा सहयोग

दीननाथ बराल, पोखरा २, जेठ, पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदी बहराइनमा हुने अन्तराष्ट्रिय पारा व्याडमिन्टन प्रतियोगितामा सहभागि हुनु पूर्व पोखरामा उहाँलाई सहयोग गरिएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनले उहाँको सफल यात्रा सहित प्रतियोगितामा पूर्ण सफलताको कामना गर्दै बुधबार सहयोग रकम हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ सहितको टिमले पारा खेलाडी सुवेदीलाई ४० हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । मे २१ देखि २६ तारिखसम्म बहराइनमा अन्तराष्ट्रिय ब्याडमिन्टनको पारा खेल हुने भएको हो । पुनम गुरुङले… पुरा पढौ

गण्डकीमा यू–१५ राष्ट्रिय जुनियर प्रतियोगिताको तयारी सुरु

पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरु संग छलफल गरी तयारी सुरु गरेको जनाएको हो । यहि जेठ ३० देखि ३२ गते सम्म पोखरा मा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर प्रतियोगितामा ६ खेल हुनेछन् । प्रतियोगितामा एथलेटिक्स महिला/पुरुषतर्फ विभिन्न ८ इभेन्टहरु हुनेछन् । त्यसै गरी टिम गेम्सतर्फ महिला/पुरुष बास्केटबल र रग्बी, व्याडमिन्टन  टेबुल टेनिस र बुद्धिचालका खेलहरु सञ्चालन हुनेछन् ।… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात

पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ । जनकल्याण पोखरा–११ ले माछापुच्छ«े गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्यो ।जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो… पुरा पढौ

‘सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो’ ः खगराज अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै माक्सवाद भएको बताउनुभएको छ । बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पुँजीवादी जनवादी क्रान्ती शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाईले त्यसलाई प्रष्ट पारेको उहाँले खुलाउनुभयो । ‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नी, तर सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो,… पुरा पढौ

प्रदेशका भौतिक मन्त्रीको सचिवालयद्धारा मन्त्रालयमा आउनेहरुलाई मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष बजेट माग गर्न आग्रहः

दीननाथ बराल, पोखरा १, जेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री राजीव गुरुङ(दिपक मनाङे) ले आफ्नो मन्त्रालयमा बजेट माग्न आउनेहरुलाई सिधै मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष बजेट माग गर्न आग्रहःगर्नु भएको छ । आउदो बर्षको लागि अप्रयाप्त बजेटको सिलिङ दिएकोले आउदो आर्थिक बर्षको बजेट माग्न आउनुहरुलाई मुख्यमन्त्री र खर्च मन्त्री समक्ष जानको लागि मन्त्रीको सचिवायले आग्रह समेत गरेको छ । अघिल्लो बर्षको तुलनामा केहीे बजेटको सिलिङ घटेकोमा आज जनताको आवश्यक पर्ने भौतिक पूर्वाधारका विकासको लागि अब मुख्यमन्त्री… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब २९ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा १, जेठ, आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ को वैशाख मसान्तरसम्ममा ४ अर्ब २९ करोड ३५ लाख २८ हजार राजस्व संकलन गर्न सफल भएको छ । वैशाख मसान्तरसम्म कार्यालयको राजश्व संकलनको लक्ष्य ४ अर्ब ८२ करोड ९७ लाख ६७ हजार रहेकोमा वैशाख मसान्तरसम्म उक्त राजश्व संकलन हुदा ८९ प्रतिशत प्रगती हासिल गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसकिो असर राजश्व संकलनमा परेकोले गर्दा लक्ष्य हासिल गर्न… पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललेसङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाईगर्नुभएको सम्बोधन = प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ… पुरा पढौ