समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चको पोखरामा बसेको कार्यसमितिको बयालिसौँ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रम प्राप्त सबैको साथ सर्पोटले मञ्चलाई… पुरा पढौ

चौथो टाइगर कप भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार बचत

गत बर्ष पोखरामा सम्पन्न भएको चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको छ । गत माघ १ गतेदेखि ६ गते सम्म पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको टाइगर ग्रुप अफ पोखरा, नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट तथा आय÷व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएकोे हो । प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी भएको संस्थाका अध्यक्ष… पुरा पढौ

पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै… पुरा पढौ

सहारा एकेडेमीमा नगद र फलफूल सहयोग

सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई नगद तथा फलफूल सहयोग गरिएको छ ।सोमबार सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङसहित महासचिव कुमार गुरुङ र क्लब शुभेच्छुक कृष्ण गुरुङसहितको टोलीले एकेडेमी अवलोकन गर्नुका साथै बालकहरुलाई सहयोग गरेको हो । पोखरा नयाँबजार घर भइ हाल हङकङ निवासी सहारा क्लब हङकङ महासचिव कुमार गुरुङ र घान्द्रुक घर भइ हाल हङकङ निवासी क्लबका शुभेच्छुक कृष्ण गुरुङले नगदसहित फलफूल वितरण गरेका हुन् । टोलीलाई क्लबका पूर्व अध्यक्ष केशबबहादुर थापाले खादा लगाएर स्वागत गरेका थिए ।… पुरा पढौ

पोउवा संघमा चेक बाउन्सले नित्याएका चुनौति बारे चर्चा

पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर ९ बाउन्स० र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा चेक बाउन्सले निम्त्याएका चुनौती चिर्नको लागि अपनाउनुपर्ने कानूनी बाटोबारे पनि बृहत चर्चा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाबाट बैंकिङ कसुरको अवस्था, समस्या र समाधानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत हुँदा सो कार्यक्रममा विज्ञको रुपमा बैकर्स एसोसियन गण्डकीका संयाजक सूर्यप्रसाद तिवारी… पुरा पढौ

पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार… पुरा पढौ

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि एलजी एशोसियसनले जितेको छ । पोखरा रंगशाला आइतबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो । एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि ३ गोल गरी उनले गरी ह्याट्रिक पुरा गरे । पहिलो हाफको १७ औ मिनेटमा गोलको खाता खोलेको उनले । दोस्रो हाफको २४ औ र ३९ औ मिनेटमा गोल गर्दे व्याक्तिगत ३ गोल गरे । खेलको… पुरा पढौ

वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ ः खगराज अधिकारी

नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ । सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । ‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो । पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू नै भौतारीदा समस्या देखिएको… पुरा पढौ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८र०८२ का लागि राय सुझाव माग गरेको छ । महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल ष्लाय२दजबचबतउगचmगल।नयख।लउ मा राय सुझाव पठाउन राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी,… पुरा पढौ

पोखरामा पनि नर्सिङ दिवस मनाइयो

पोखरा १० रामघाटमा रहेको त्रिभुवन विश्व बिद्यालय चिकित्सा अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा नर्सिङ दिवस मनाइएको छ । विश्व नर्सिङ दिवसको अवसरमा आइतबार क्याम्पसमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको पुष्पा शर्माले बताउनु भयो । क्याम्पस प्रमुख नीता ताम्राकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सा.प्रा. शारदा शर्मा, सा.क्याम्पस प्रमुख तथा सचिव नान कार्की लगगायले नर्सिङ सेवाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित नाटक, पोष्टर प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता समुहगत रुपमा भएको थियो । पुरा पढौ