समाचार

शिक्षाविद जर्ज जोन सहित नौ जनालाई नइ पुरस्कार

फागुन ७ ,गते नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ुनइ पुरस्कारु समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् डा।भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसै गरी छ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि आजीवन समर्पित पोखराका प्रा।जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ । छ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल… पुरा पढौ

भरतपुर महानगरमा शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छः मेयर रेनु दाहाल

शुक्रनगर ७, फागुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको सोमबार शुबनगरमा उदघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन । महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर खटिएको बताईन् । उनले भनिन,… पुरा पढौ

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

पोखरा ७, फागुन टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले युवाहरु विदेश पलायन… पुरा पढौ

पोखरा–१४ मा स्थानीय महोत्सव सम्पन्न

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने । उनले पोखरा… पुरा पढौ

मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

दीननाथ बराल, पोखरा ७, फागुन, मधेश प्रदेशले तेश्रो मनमोहन कप राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि खेल (यू–१६) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । विजेता भएको मधेश प्रदेशले उपाधि सहित नगद १ लाखका प्राप्त गर्दा उपविजेता भएको सुदुर पश्चिमले भने नगद ५० हजारका साथमा ट्रफी र पमेडल, प्रमाण—पत्र प्राप्त परेको छ । खेलमा म्यान अफ दी… पुरा पढौ

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई

दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् । प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै उपाधि चुमेको हो । निधारीत समयमा ३–३ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा पुगको थियो । युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निधारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि सहित… पुरा पढौ

असफलताको पाठः बंगुर पालनबाट घाटा व्यहोरेकाहरु

पोखरा ७, फागुन नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए । उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको… पुरा पढौ

पोखरामा झण्डा पार्क बन्यो

पोखरामा अन्तराष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । पोखराको महेन्द्रपुलमा पोखरा महानगर र लायन्स क्लवको समन्वयमा उक्त पार्क निर्माण गरिएको हो । उक्त पार्कको औपचारिक उद्घाटन भने सोमबार बिहान गर्ने तयारी भएको महानगरले जनाएको छ । पुरा पढौ

साइनिङ स्टार बोर्डिङको रजत जयन्तीमा कलाकार घिमिरेलाई सम्मान

पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयले अन्र्तराष्ट्रिय स्तरमा समेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृती चिनाउन मद्धत पु¥याएको उहाँको भनाई… पुरा पढौ

नृत्य प्रतियोगिताको उपाधि एकलतर्फ सन्तोष र समुहगततर्फ बेसलाइनलाई

पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत समुहगत प्रतिष्पर्धामा बेसलाइन एकेडेमीले उपाधि जित्न सफल भयो । कुल १६ समुहले भाग लिएको यो विधातर्फको उपाधि जितेको बेसलाइनले १ लाख रुपैयाँ हात समेत पा¥यो । समुहगततर्फ द्धितिय बनेको निश्चल डान्स एकेडेमीले ५० हजार र तृतीय बनेको कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । समुहगततर्फ पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो । समुहगततर्फ सहभागी भएको रोटरी क्लब अफ पोखरा लेकसाइडलाई… पुरा पढौ