समाचार

पोखराको अति नै संवेदन शिल क्षेत्रमै अन्ततः नेपाल प्रहरीको पेट्रोलपम्प संचालनमा आउदै

दीननाथ बराल,पोखरा ५, असार, पर्यटनको राजधानि पोखराको प्रमुख प्रशासनिक केन्द्र एवं नेपाल राष्ट्र बैंक भएको अति नै संवेदनशिल क्षेत्र नजिकै अतिनै प्रज्वलनशिल पदार्थ पेट्रोलियम पदार्थको बिक्रि वितरण हुने भएको छ । स्थानियको बिरोधको बाबजुत जिल्ला प्रशासन कार्यालय कास्कीसंगै जोडिएको शहिदचोकमा अबको केही साता पछि नेपाल प्रहरीको पेट्रोलपम्प अति सम्बेदन शिल क्षेत्रमा निर्बाद रुपमा संचालनमा आउने तयारी भएको श्रोतको भनाई छ । प्रदेशिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) दिनेशकुमार आचार्यले अबको करिब डेढ महिनामा पोखरामा उक्त पेट्रोलपम्प संचालनमा आउने… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेट ः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने

पोखरा–५ असार, गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो । तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल रन… पुरा पढौ

टप्स सेकेन्डरी स्कुलमा एसईई कप स्पोर्ट्स फेस्ट

पोखरा, पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो ।यही असार १० गतेसम्म संचालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुनेछन् । विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ७४ टीमको सहभागिता रहेको छ । यसैगरी बास्केटबलमा २४ छात्र र ४ छात्राको टीम, भलिबलमा ४८ छात्र र २२ छात्राको टीमको… पुरा पढौ

पोखरा ३१ पचभैयामा खुल्यो ११ करोडको लगानीमा हिमालयन फरेष्ट रिसोर्ट,जलबिद्युतको लगानी रिसोर्टमा

दीननाथ बराल, पोखरा ४, असार, पोखरा महानगरपालिका ३१ बेगनासताल र रुपाताल नजिक पचभैयाको डाँडामा हिमालयन फरेष्ट रिसोर्ट हालै संचालनमा आएको छ । पोखराको मुख्य बजार देखि केही शान्त र तालतलैयाको क्षेत्रमा हरियाली वातावरणमा प्रकृति प्रेमी पर्यटकहरुलाई लक्षित गरी उक्त रिसोर्ट हालै संचालनमा ल्याईएको पोखराका एक युवा व्यवसायी प्रमोद भण्डारीले पोखराक्लिकलाई बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास, रुपाताल सहितका अन्य ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा दिने उद्धेश्यले आफुले सो क्षेत्रमा उक्त रिसोर्ट सञ्चालन गरेको उनले जनाए… पुरा पढौ

पोखराबाट लागू औषध सहित चार जना पक्राउ

पोखरा, ४ असार, कास्की प्रहरीले ठूलो परिमाणको लागू औषध सहित पोखराबाट चार जनालाई पक्राउ परेका छन् । असार ३ गते साँझ करिब ६ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो, पोखरा शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–८, सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । ग १७ प ७२३४ र ग १४ प ३३५९ नम्बरका दुई वटा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट प्रहरीले २ थान मोबाइल फोन बरामद गरेको उल्लेख… पुरा पढौ

बिद्यालय स्तरिय ह्याण्डवल प्रतियोगितामा छात्र तर्फ पोखरा एकेडेमी र छात्रा तर्फ हिमालयन वोर्डिङ स्कुललाई उपाधि

जया पौडेल,पोखरा ४, असार, पोखरामा आयोजना भएको अन्तर बिद्यालय स्तरिय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगितामा छात्र तर्फ पोखरा एकेडेमी र छात्रा तर्फ हिमालयन वोर्डिङ स्कुलले उपाधि जितेका छन् । पोखरा रंगशालामा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले हिमालयन वोर्डिङ स्कुललाई र छात्रा तर्फको फाइनल खेलमा भने हिमालयन वोर्डिङ स्कुलले माउण्ट अन्नपूर्ण माविलाई पराजित गर्दै उपाधि जितेका हुन् । छात्र तर्फ पोखरा लर्नस एकेडेमी र छात्रा तर्फ भने गण्डकी बोर्डिङ स्कुल तेश्रो भएका छन् । विजेता… पुरा पढौ

असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने

हेमजा, पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ ।आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान… पुरा पढौ

बिमा प्रभाबकारी बनाउन साम्सद कार्कीद्वारा सरकारको ध्यानाकर्षण

४ असार ,पोखरा, गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २९१० बाट ने क पा ९ एमाले ० को तर्फबाट निर्बाचित प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बिमा प्रभाबकारी बनाउन गण्डकी प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराएका छ्न । बुधबार गण्डकी प्रदेश सभाको शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै साम्सद कार्कीले बिमा कम्पनी र सरकारको लापरबाहीका कारण बिमाकर्ता र सेवाग्राहीहरूमाथी अन्याय भएको भन्दै सो ध्यानाकर्षण गराएका हुन। कार्कीले जीवन बिमा, स्वास्थ्य बिमा र दुर्घटना बिमामा बिमित रकम भन्दा कम रकम… पुरा पढौ

गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट पोखरामा जारीः पर्वत र कास्की जित

पोखरा–असार ४, गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध शनसनीपूर्ण जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो । त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ । कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान… पुरा पढौ

पोखरा क्लिकका सम्पादक दिननाथ बराल सहित १० जना खेल पत्रकारलाई राष्ट्रिय प्रोत्साहन पुरस्कार

पोखरा- ३, असार, गण्डकी प्रदेशका खेल पत्रकार एवं यस पोखरा क्लिक डटकमका सम्पादक दिननाथ बराल सहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१÷८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो । पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद… पुरा पढौ

This will close in 20 seconds