समाचार

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

पोखरा, ७ असार, ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले… पुरा पढौ

पोखरामा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो, मुख्यमन्त्री पाण्डेले भन्न्नुहुन्छ “पोखरामा योग पर्यटनको ठूलो सम्भावना छ”

पोखरा, असार ७, पोखरामा पनि आज (शनिबार) अन्तर्राष्ट्रिय योग दिवस मनाइयो। भारतीय राजदूतावासको आयोजनामा पोखरा रंगशालामा शनिबार विशेष योग शिविर राखिएको थियो, जहाँ विभिन्न योग अभ्यास, ध्यान र आरोग्यसँग सम्बन्धित गतिविधिहरू भएको थिए। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो। उहाँको भनाइमा — पोखरा र गण्डकी प्रदेशमा योग पर्यटनको अपार सम्भावना छ। “यहाँका हिमाल, तालहरू, पहाड र धार्मिक स्थलहरू ध्यान, साधना र योग अभ्यासका लागि उपयुक्त छन्,” उहाँले भन्नुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट गण्डकीलाई ‘आरोग्य पर्यटन हव’ बनाउने… पुरा पढौ

कास्की काँग्रेसको प्रशिक्षण

पोखरा, ७ असार, नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो । जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई… पुरा पढौ

प्रतिभा माविमा हाजिरीजवाफ र वक्तृत्वकला

पोखरा, असार ७, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शनिबार विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । दुवै प्रतियोगितामा गोरखाको ओल्ड क्यापिटल स्कुलका विद्यार्थी प्रथम भएका छन् । हाजिरीजवाफ प्रतियोगिता संयोजक रामप्रसाद सुवेदीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ५० टिमले भाग लिएका थिए । हाजिरीजवाफमा गोरखाको ओल्ड क्यापिटल स्कुलका प्रसिद्धिका अर्याल, विशेष महरट्ठा र ऋचा मरहट्ठाको टिम प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाए । त्यस्तै पोखराको भास्कर मेमोरियल स्कुलकी अदिती पौडेल र कृति पाण्डे तथा वेष्ट… पुरा पढौ

सुगम संगीतका क्षेत्रमा पुनः मुटुसँगै उदाए अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह एन. जे. (भिडियोसहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गीतकार, गायक नायक तथा संगीतकार सागर शाह एन. जे. आफ्नो नयाँ गीत 'मुटु'सहित पुनः उदाएका छन् । २०५२ सालमा सिञ्जा व्यान्डबाट ‘धौलागिरी फेदमा हिऊँ पर्यो’ गीतसहित गायन यात्रामा लागेका सागरको मुटु गीत तीन दशकदेखिको अनवरत यात्राको अनुपम कोसेली रहेको छ । सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, नजरैले हान्यो सर्वाधिक लोकप्रिय… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीको नमूना पत्रकार सम्मेलन

पोखरा कलेज अफ् म्यानेजमेन्टमा बि.बी.ए. आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभा कक्षमा दुई सेक्सनका ६९ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख लीना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । बि.बी.ए. अन्तिम… पुरा पढौ

प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु

पोखरा, असार ६, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका छन् । एसइइ परीक्षा दिएर फुर्सदिला… पुरा पढौ

गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन

पोखरा, असार ६, पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो । यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले… पुरा पढौ

मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्द वरपिपल रिसोर्ट

पोखरा, मनोक्रान्ति प्रणेता डा। योगी बिकासानन्दले विहिबार पोखराको बरपिपल रिसोर्टमा आयोजित प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रमू सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो। कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि आयोजित कार्यक्रममा प्रमुख वक्ता डा। योगी बिकासानन्दले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने दाबी गर्नुभयो ।डा। बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने… पुरा पढौ

सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन आउछःः मन्त्री गुरूङ

दीननाथ बराल, पोखरा ५, असार. नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन प्राप्त हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले विहिबार पोखरामा आयोजना गरेको सामाजिक सुरक्षा कोषमा बृहत आवद्वता सम्बन्धि पत्रकारसंग संवाद कार्यशालामा सम्बोधन गर्दै उहाँले धेरै कर्पोरेट हाउसको विज्ञान हाल सामाजिक संजाल मार्फत गएकोले अब सामाजिक संजाललाई सरकारले नियमन गर्ने वित्तिकै संचार माध्यम मार्फत उक्त बिज्ञापन प्राप्त हुने दाबी गर्नुभयो । सामाजिक संजालले समाजमा… पुरा पढौ

This will close in 20 seconds