समाचार

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार, स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने… पुरा पढौ

इजी ग्रुप्सको बाषिकोत्सवमा आयोजित रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन

दीननाथ बराल,पोखरा, ३ असार, पोखराको प्रतिष्ठित इजी ग्रुप्सको ११ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन भएको छ । इजी ग्रुप्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज (मंगलबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको इजी ग्रुप्सका अध्यक्ष राम कँडेलले पोखराक्लिकलाई बताउनु भयो । २०७१ साल असार ३ गते स्थापना भएको उक्त ग्रुप्सले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संस्थाको स्थापना कालदेखि नै व्यवसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै सामाजिक कार्यहरूमा समेत निरन्तर योगदान पु¥याउँदै… पुरा पढौ

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट ः कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, असार ४, तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् । खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा… पुरा पढौ

चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवचः प्रदेश प्रमुख भट्ट

पोखरा, २ असार, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ । एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोति ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल… पुरा पढौ

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

पोखरा–२ असार, कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ… पुरा पढौ

आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

पोखरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट… पुरा पढौ

नेकपा माओवादी (केन्द्र) पोखरा महानगरको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित

पोखरा, १ असार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा भएको पदाधिकारीको निर्वाचनबाट भण्डारीले निकटतम प्रतिस्पर्धी जनकराज पराजुलीले १६ मत अन्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । भण्डारीले ५१ मत ल्याउदा पराजुलीले भने ३५ मत ल्याउनुृ भएको निर्वाचन समितिले जनाएको छ । जेठ २७ गतेदेखि सुरु भएको महानगर सम्मेलनमा प्रारम्भमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति नजुटेपछि अन्ततः मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो। ८६ जना बिच… पुरा पढौ

मदरल्याण्डको गणित हाजिरीजवाफमा महेशको टिम उत्कृष्ट

पोखरा, जेठ ३१, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आयोजित गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा महेश कोइराला, अग्रिमराज तिवारी र इशानइश्वर बाँस्तोलाको समूह प्रथम भएको छ । प्रथम भएको टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता आइतबार सकिएको छ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार प्रतियोगितामा अहमन गुरुङ, अविनव पराजुली र निश्चल बाँस्तोलाको समूह दोश्रो हुँदै नगद २०… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु

पोखरा, असार १, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो । कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय पुरुष टि–२० क्रिकेट ः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक

पोखरा–असार १, गण्डकी प्रदेशस्तरीय पुरूष टि२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले दोस्रो दिन पनि जितको लयलाई कायम राखेका छन् । समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा तनहुँले १७७ रनको जित हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित दर्ता गरेको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्याग्दीले टस… पुरा पढौ

This will close in 20 seconds