समाचार

कोटीहोममा नौ करोड रुपैयाँ संकलन

पोखरा, श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि,एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित

दीननाथ बराल पोखरा २९, जेठ, शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट सुरू ः स्याङ्जाको सहज जित

पोखरा÷जेठ ३१, गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ । म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटले शानदार जित हासिल गरेको हो । जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै… पुरा पढौ

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३०, गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ

आमा समुहका लागि माईन्यूट लेखन तालिम सम्पन्न

गण्डकी, ३० जेठ, कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी वनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा… पुरा पढौ

पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन सरोकारवालाको जोड

पोखरा, ३० जेठ, पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् । गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइडहरुसंग पेशागत अवस्थाका वारेको अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् । नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्नुपर्ने बताए । अहिले गइडको लाइसेन्स नभएकाले पनि पथ प्रदर्शकको काम गरिरहेकाले यसलाई… पुरा पढौ

मदरल्याण्डका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा , जेठ ३०, पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिदै कार्यक्रम गरिरहेको छ । यसैवीच ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत शुक्रबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको… पुरा पढौ

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा आज देखि नै विभूति (भष्म) तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो ।त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिएको छ । उनका अनुसार १ सय… पुरा पढौ

बुटबल र पोखराका व्यवसायीविच आपसी सहकार्यमा जोड

बुटवल, ३० जेठ, जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो । होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान… पुरा पढौ

पुलिस र एपिएफ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने, तेश्रो स्थानको लागि भने डायमण्ड बिरुद्ध एभरेष्ट खेल्ने

दीननाथ बराल,पोखरा, ३० जेठ, दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । आज (शुक्रबार) पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि भोलि (शनिबार) फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन् । https://www.youtube.com/watch?v=fkeNtn_APbU पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो… पुरा पढौ

This will close in 20 seconds