पुलिस र एपिएफ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने, तेश्रो स्थानको लागि भने डायमण्ड बिरुद्ध एभरेष्ट खेल्ने

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३० जेठ,

दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । आज (शुक्रबार) पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि भोलि (शनिबार) फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन् ।

पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । यस अघि पोखरामा केही साता अघि सम्पन्न भएको नवौं प्रधानमन्त्री कप एनभिए भलिवल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोश्रो उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।

दोश्रो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । शनिबार दुबै टोलीले उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन भने तेश्रो स्थानको लागि शनिबार ३ः०० बजे एभेरेष्ट बिरुद्ध न्यु डायमण्ड बिच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताउनु भयो । पाल्पाको स्टेप रामपुर र घरेलु टिम गण्डकी भलिवल संघले लिग चरणबाट बाहिरिएका थिए । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले जनाउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागित भएका थिए ।