पोखरा, जेठ २७, प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठन कास्कीको संयुक्त आयोजनामा पोखरामा स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि पोखरामा संचालन भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा नयाँ पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता शिवहरी घिमिरेले स्थानिय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राईटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए । त्यस्तै, फोटो पत्रकार राम गुरुङले फोटो पत्रकारिता सम्बन्धि सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।…
पुरा पढौ