आउदो निर्वाचनमा कास्कीबाट अध्यक्ष प्रचण्ड उठ्ने शंकेत

-


     पोखरा क्लिक     
     जेठ २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २७, जेठ

नेकपा माओेबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउँदो २०८४ को निर्वाचनमा कास्कीबाट उठ्ने शंकेत गर्नु भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिकाको तेस्रो महाधिवेशनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो जन्म थलो कास्की भएकोले यहाँबाटै आफु उठ्न सक्ने शंकेत गर्नु भएको हो ।


उहाँले भन्नुभयो“ अबको निर्वाचनमा यहाँका बुद्धिजीवि र नेता कार्यकर्ताले मलाई उठ्न आग्रह गर्नु भएको छ त्यसमा म उठे पनि नउठे पनि कास्की सहित पोखरा बनाउने बिषयमा ६ देखि ८ महिनामा देखिने केही काम गर्ने तपाईहरु माझ विश्वास दिलाउन चहान्छु ।” पोखराको सम्बन्ध यथावत रहेको जनाउदै अध्यक्ष प्रचण्डले पोखरा तथा नयाँ कास्की बनाउन नयाँ ढंगले काम गर्ने योजना भएको खुलसा गर्दै कास्कीको विकासको लागि आफ्नो भूमिका महत्वपूर्ण हुने उहाँको तर्क थियो ।

कास्की र पोखराको राष्ट्रिय मानवचित्र बदल्न सकिन्छ भन्ने अठोटका साथ केही महिनामा नयाँ काम गर्ने उहाँले उद्घोष गर्नु भएको छ । पोखरा सहितको क्षेत्रमा सुकुम्बासी समस्या समाधानको लागि सडक र सदन हुदै सरकारका मोर्चाबाट आन्दोलन गर्ने अध्यक्ष प्रचण्डले चेतावनी दिनुभयो । आफ्नो तर्फबाट र भूमिआयोगको तर्फबाट पोखराका सुकुम्बासीलाई निस्सा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब लालपुर्जा वितरण कार्यलाई तीव्रता दिने बताउनु भयो ।

माओवादी केन्द्र रूपान्तरणको अभियानमा देशव्यापी रूपमा अघि बढेको अध्यक्ष प्रचण्डले बताउनु भयो । जनताले माओवादी प्रति ठूलो आशा र विश्वास गरेको हुनाले जनताको आशा र भरोसालाई टुट्न नदिन माओवादी सचिएर अगाडि बढ्ने उहाँको भनाई थियो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङ, पार्टीका कास्की संयोजक विश्वप्रकाश लामिछाने, पोखरा महानगर समितिका सचिव जनकराज पराजुली लगायतले वोल्नु भएको थियो । पार्टीका महानगर समिति अध्यक्ष हरि नारायण गिरी (विज्ञान) को अध्यक्षतमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

]