
पोखरा,
गुरुङ फिल्म एसोसिएसन हङकङ ९जिफाह० को नवौं वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम–२०२५ सम्पन्न भएको छ । हङकङको लायन रक पार्क बाविक्यू साइटमा गत ८ जुनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।
संस्थाका अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विश्वास गुरुङले गरेका थिए ।
संस्थाका सल्लाहकार एवं चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फिल्मकर्मीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङ, प्रमुख सलाहकार दिलीपसिंह गुरुङ, सल्लाहकार एवं हङकङ नेपाली महासंघका सामाजिक अभियन्ता रीता गुरुङ, सल्लाहका एवं तमु समाज हङकङका संरषक कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’, अर्का सल्लाहकार एवं तमु ट्हो ह्युल हङकङका निवर्तमान अध्यक्ष विजयकुमार गुरुङ, ट्हो ह्युल हङकङ अध्यक्ष ईश्वर गुरुङ, सल्लाहकार एवं तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, तमु समाज हङकङ अध्यक्ष नरेन्द्रराज गुरुङ, प्रदेश १ तमु समाज हङकङ अध्यक्ष हेमप्रताप गुरुङ, सल्लाहकार एवं प्रवासी नेपाली मञ्च हङकङका भूपू अध्यक्ष सत्य घले, अर्का सल्लाकार कानुन व्यवसायी एवं चलचित्र निर्माता देव गुरुङ लगायतको उपस्थिति थियो ।
सो अवसरमा जेपिटीएचकेका संचालक कृष्ण गुरुङ, एचकेदर्पणका संचालक अनिल गुरुङ र एचकेनेपालका संचालक जगतबहादुर गुरुङ ‘अम्बु’ लाई सम्मान गरिएको थियो । यस्तै, विन्दु गुरुङ र दिलीपसिंह गुरुङ स्वर्गारोहण भएकामा रिपा लागे स्याई स्याई गरियो ।





