समाचार

पोखराको फेवाफाँटमा गवारो किराले धान खान सुरु, यस बर्ष पनि किसान मर्कामा

दीननाथ बराल, पोखरा, ५ साउन, पोखराको फेवाफाँट क्षेत्रमा यस वर्ष पनि गवारो किराको प्रकोपले गर्दा स्थानिय किसान चिन्तित हुनु भएको छ । धान रोप्न नपाउँदै गवारो किराले बालीनाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित हुनु हुनु भएको हो । पोखरा–२३ स्थित फेवाफाँटमा करिब २ हजार रोपनी क्षेत्रफलमा गवारो किराको प्रकोप फैलिएको स्थानीय देविलाल लामिछानेले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार असारमा लगाएको धान खेतमै नष्ट हुन थालेको छ भने यस वर्ष करिब ५ सय रोपनी खेत बाँझै रहेको छ । गएको… पुरा पढौ

लोक संस्कृति जर्गेनाका लागि पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री हस्तान्तरण

लेखनाथ, साउन ०५ पोखरा महानगरपालिका वडा नं २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन । घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी देउराली… पुरा पढौ

मदरल्याण्ड माविमा स्वागत डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो

पोखरा, साउन ५, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् । पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा. कोइराला यस्ताखाले भाष्यप्रति फरक मत राख्छन । पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार… पुरा पढौ

प्रतिभाद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा, साउन ५, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले उद्घाटन गरे । प्रमुख अतिथि आचार्यले पोखरा विभिन्न तरिकाले परिचित भईरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । पोखरामा उत्कृष्ट विद्यालयहरु संचालन भएको अवस्थामा पोखरा शिक्षाको राजधानी बन्दै गएको आचार्यले… पुरा पढौ

पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको ज्यान गयो

दीननाथ बराल,पोखरा, ५ साउन, पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक ७४ वर्षीया वृद्धाको ज्यान गएको छ। पोखरा–११ फुलवारीकी ती वृद्धाको चरक अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिमबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार ती वृद्धामा अन्य दीर्घरोग—मधुमेह (सुगर) र उच्च रक्तचापको समस्या समेत देखिएको थियो। वृद्धामा असार २५ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । महानिर्देशक डा.खड्काका अनुसार गत वर्षदेखि कोरोना विरुद्धको खोप अभियान बजेटको अभावका कारण प्रभावकारी रूपमा अघि बढ्न… पुरा पढौ

बाढीका कारण पोखरामा एक किसानको १५० कुखुरा मरे

दीननाथ बराल, पोखरा ४, साउन, गएराती परेको अविरल वर्षातसँगै आएको बाढीले पोखरा १६ गल्छिना भन्ने स्थानमा रहेको एक कुखुरा फार्ममा क्षति पुगेको छ । विनोद आचार्यले सञ्चालनमा ल्याएको कृषि योजना फार्ममा रहेका ८ सय कुखुरा मध्ये १ सय ५० वटा कुखुरा गएरातीको बाढीले गर्दा मर्न पुगेको आचार्यले पोखराक्लिकलाई बताउनु भयो । बोइलर कुखुरा त्यसमाथि हिलो सहित आएको बाढीले गर्दा डुबानमा परेर १ सय ५० वटा कुखुरा मर्न पुगेको उहाँले जनाउनु भयो । बाँकी कुखुरालाई अन्य खोरमा सारिएको यद्यपी केही कुखुरा… पुरा पढौ

लामाचौर तीज महोत्सवको तयारी सुरु, २२ उपसमिति गठन

पोखरा, पोखराको लामाचौरमा आयोजना हुने २९ औं तीज महोत्सवको तयारी सुरु गरिएको छ। आयोजक नव आदर्श सामुदायिक विकास समाजले महोत्सवलाई थप व्यवस्थित र भव्य बनाउन २२ वटा उपसमिति गठन गरी तयारी सुरु गरेको हो । समाजका अध्यक्ष दिनेश भण्डारीका अनुसार नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई सांस्कृतिक उत्सवको रुपमा स्थापित गर्ने उद्देश्यले समाजले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ। यो वर्षको संस्करणलाई अझ सशक्त बनाउन विभिन्न उपसमिति गठन गरिएको र ती उपसमितिहरूले आन्तरिक तयारी तीव्र बनाएको समाजले जनाएको छ।… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद् सम्पन्न 

कास्की, नेपालले आफ्नो सत्रौँ स्थापना दिवस विशेष कार्यक्रम यही श्रावण ४ गते सम्पन्न गरेको छ । विभिन्न विद्यार्थी र शिक्षक केन्द्रित कार्यक्रम गर्दै आएको परिषद्ले यसपालि समाजसेवा र मानवसेवामा आफूलाई समर्पित गराउँदै पोखरा महानगरपालिका – २५ हेमजामा अवस्थित मानव सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण कार्यक्रम गर्यो । परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको आौपचारिक कार्यक्रममा परिषद्का कार्यसमितिका सदस्यहरू , सल्लाहकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै परिषद्का सल्लाहकार लोकचन्द्र खनालले भाषा शिक्षण र शिक्षण क्रियाकलापमा महत्त्वपूर्ण कार्य गर्दै आइरहेको… पुरा पढौ

मिस कास्की नेपाल २०२५ को उपाधि रानी थापा मगरलाई

पोखरा, पोखरामा हालै आयोजित मिस कास्की नेपाल २०२५ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरुमा लुकेका प्रतिभा र सौन्दर्यलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। यसैगरी, भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले हात पारिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टका संचालक सफल सुवेदीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक हेभेनली… पुरा पढौ

नेपाल विद्युत प्राधिकरण अन्तरगत गण्डकीका उत्कृष्ट उपभोक्तालाई सम्मान

पोखरा, नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्रहाकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा… पुरा पढौ

This will close in 20 seconds