प्रमुख समाचार

होटलकर्मीद्वारा विकृति विरुद्ध कार्वाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण

पोखरा, ९ फागुन पोखराका होटल सम्वद्ध दुई संस्थाले यस क्षेत्रको भ्रमणमा आउँदै गरेका पर्यटकलाई विच बाटोबाटै पिछा गरी जवर्जस्ती आफूले भनेको होटलमा पुर्याउने व्यक्ति र गिरोह विरुद्ध कार्वाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । होटल संघ पोखरा नेपाल र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीका तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई बुधबार भेट गरी पोखरा छिर्ने विभिन्न नाकाबाटै पर्यटकलाई पिछा गरी अबाञ्छित ढंगले आफूले भनेको होटलमा पुर्याउने प्रवृति विरुद्ध अपरेसन अगाडि बढाउन… पुरा पढौ

पोखरामा बुधबार देखि सूर्य नेपाल वेस्टर्न ओपन हुने

दीननाथ बराल पोखरामा भोलि (बुधबार) देखि सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता सुरू हुने भएको छ । पोखराको हिमालयन गल्फ कोर्षमा तीन दीन संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जना सहित देश भरका ५० जना खेलाडीहरू सहभागी हुने भएको प्रोफेसनल गल्फ संघ नेपालका महासचिव दीपक आचार्यले बताउनु भयो । प्रतियोगिता ५४ होलमा हुने तयारी गरिएको छ भने सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल(व्यवसायीक) र १५ एमेच्योर… पुरा पढौ

गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर शो सम्पन्न, सिनेमाले पायो राम्रो तारिफ

गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो ।गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ ९श्याम० ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट… पुरा पढौ

पोखराको हट एअर बेलुन कम्पनी ुइन्टरनेसनल बेलुन फियस्ताुमा सहभागी

पोखरा ७, फागुन, हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ुइन्टरनेसनल बेलुन फियस्ता २०२४ु मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै पोखराको बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन् । कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो । जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको… पुरा पढौ

मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

दीननाथ बराल, पोखरा ७, फागुन, मधेश प्रदेशले तेश्रो मनमोहन कप राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि खेल (यू–१६) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । विजेता भएको मधेश प्रदेशले उपाधि सहित नगद १ लाखका प्राप्त गर्दा उपविजेता भएको सुदुर पश्चिमले भने नगद ५० हजारका साथमा ट्रफी र पमेडल, प्रमाण—पत्र प्राप्त परेको छ । खेलमा म्यान अफ दी… पुरा पढौ

असफलताको पाठः बंगुर पालनबाट घाटा व्यहोरेकाहरु

पोखरा ७, फागुन नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए । उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको… पुरा पढौ

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि

दीननाथ बराल, शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरबिद्यालय स्तरिय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा आज (आइतबार) भएको फाइनल खेलमा टाईब्रेकरमा ५—४ को गोल अन्तरले शान्ति निकुन्जले बालोदय बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले खेल बराबरीमा टुगिए पछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा बालोदयका सुविन सारु मगरले… पुरा पढौ

७५ बर्षीय रानाभाटको २२ बर्ष पछि पूरा भयो म्याराथन दौडने सपना

दीननाथ बराल,पोखरा ६, फागुन, व्यक्तिमा इच्छा शक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण दिनु भएको छ ज्येष्ठ नागरिक खड्ग बहादुर रानाभाटले । उमेरले ७५ बर्षका पुग्नु भएको ज्येष्ठ नागरिक रानाभाटले शनिबार पोखरामा सम्पन्न भएको १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२ किलोमिटर) पुरा गर्दै मेडल प्राप्त गरेसंगै आफ्नो २२ बर्ष अघिको सपना पूरा भएको प्रतिकृया दिनु भएको छ । आफुले जन्माएको संस्थाबाट म्याराथन दौंड पूरा गर्नु आफ्नोे लागि ठुलो उपलब्धि भएको जनाउनु भयो । नेपाल भुतपुर्व… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडान सूचारु गराउन सार्वजनिक सभा

पोखरा ५, फागुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गराउन दबाब दिने उद्देश्यले आइतवार पोखरामा सार्वजनिक सभा आयोजना हुने भएको छ । उक्त सभाको आयोजना राष्ट्रिय नागरिक अभियान कास्की र स्वतन्त्र पत्रकार संघ कास्कीले गरेका हुन् । अभियानका संयोजक विनय यादवले पोखरावासीको ठूलो लगानी, सिङ्गो पोखराको गौरवको योजना निर्माण भएर सञ्चालनमा आइसक्दा पनि अन्तर्राष्ट्रिय उडानका लागि राज्य निदाएकाले ब्यूझाउन सभा आयोजना गरिएको बताए ।सभाको मुख्य उद्देश्यारे प्रकाश पार्दै उनले थपे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर, वी।आर।आइ। ऋणलाई अनुदानमा परिणत… पुरा पढौ

सर्वोत्कृष्ट प्रदेश निजामती सेवा एक लाख नगद सहितको पुरस्कार रेग्मीलाई निक साइमन्स सम्मानित

पोखरा ५, फागुन गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन सचिव शम्भुराज रेग्मीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार २०८० प्रदान गर्ने घोषणा गरेको छ । स्थापना दिवसको अवसरमा पोखरामा आयोजित समारोहमा निजामती सहित कार्यसम्पादनमा जिल्लाका उत्कृष्ट कार्यालयको घोषणा गरिएको हो । उक्त पुरस्कारको राषि १ लाख रहेको छ । बागलुङका रेग्मी खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन् । मधेश प्रदेशमा पनि कानुन सचिव भइ काम गरेका उनी २ वर्षदेखि गण्डकी प्रदेशमा छन् । उक्त पुरस्कार दिइने घोषणाले आफूलाई निकै… पुरा पढौ