प्रमुख समाचार

सहकारीमा संकट ः राज्यले नियमन गरेन‘सहकारी कम्पनी चलाउन कलेक्सन काउन्टर बनाइयो’

पोखरा ५,फागुन सडक छेउमा मकै पोल्नेदेखि दैनिक ज्यालामजदुरी गर्नेहरुले भविष्यलाई साँचेर बचत गरेको रकम सहकारीले हिनामिना बनाएर बिचल्लीमा पारेको छ । सञ्चालक सहकारीको रकम कुम्लाएर फरार छन् । सहकारी संकटको समस्याले अहिले सडक र सदन तताइरहेको छ । सहकारी संकट विषयमा शनिबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा पनि वहस भयो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष ओमदेवी मल्ललाई पत्रकार जनार्दन बरालले सहकारीमा… पुरा पढौ

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोलेका हुन् । गुरुङले संघीयता कार्यान्यवनको दोस्रो… पुरा पढौ

देशमा आर्थिक सुधार हुदै छः पूर्व अर्थमन्त्रीःपुन

दीननाथ बराल, पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुन(अनन्त) ले देशमा आर्थिक सुधार हुदै आएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले देशमा खार्थिक सुधारका केही सकरात्मक प्रयासहरु भई रहेको दाबी गर्नु भएको हो । अघिल्लो बर्षको तुलनामा यस चालु आर्थिक बर्षको यो समय सम्ममा केही कम युवाहरु विदेशीयको, विदेश गएकाहरुले आफ्नो ज्ञान सिप लियर स्वदेशमै नयाँ उद्योग व्यवसायीमा लागेको उहाँले दाबी… पुरा पढौ

निराशाजनक विकास खर्चको जिम्मेवार को ? पूर्व अर्थमन्त्री !

पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा ७० प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । हरेक वर्ष सरकारले निश्चित विकास खर्च गर्ने लक्ष्य राखेको हुन्छ । तर, लक्ष्यअनुरूपको उपलब्धि भने कहिले भेटाउन सकेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा ६१.१७ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दा पनि विकास खर्च २१.४ प्रतिशतमा सीमित छ । सरकारले किन विकास गर्न सक्दैन ? यसको जिम्मेवार अर्थमन्त्री हुनुपर्दैन ? भन्ने प्रश्नमा अर्थमन्त्री भइसकेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावकको बर्चश्व

पोखरा ५, फागुन १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावकहरुले वर्चस्व रहेको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन् । म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले… पुरा पढौ

प्रदेश सरकारको स्थापना दिवसको अवसरमा संयोगले सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले आफनो स्थापना दिवस मनाइरहदा संयोगले एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ वगरकी ३८ वर्षिय तुलसा घर्ती बुढा थोकी हिजो देखि सुत्केरी व्यथाले च्याप्दा सुत्केरी हुन नसकेपनि आज (शुक्रबार) विहान हेलिकप्टर (हेयरलिफ्टीङ) बाट उद्धार गरिएको प्रदेश सरकारले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा उहाँको भ्याकुम प्रविधिको प्रयोग गरी शिशुको जन्म भएको अस्पताल श्रोतले जनाएको छ । हाल आमा र शिशुको अवस्था सामान्य… पुरा पढौ

विभिन्न कार्यक्रम सहित गण्डकी प्रदेशको स्थापना दिवसः मनाइयो

दीननाथ बराल, गण्डकी प्रदेशले आफ्नो स्थापनाको छैटौं बर्ष पुरा गरी सातौं बर्ष प्रबेश गरेको अवसरमा शुक्रबार प्रदेशको राजधानि पोखरामा प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गरी मनाएको छ । शुक्रबार बिहान पोखराको शहिद पार्कबाट सुरु भएको प्रभात फेरी वाईचोक, रत्नचोक हुदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथीको रुपमा पूर्व उद्घोष गरिएको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङको स्वास्थ्यमा समस्या आए पछि उक्त कार्यक्रममा सहभागि हुन सक्नु भएन् । उहाँलाई जुम अनलाइनबाट शुभकामना दिने तयारी… पुरा पढौ

पोखरा २० मा रहेको आँटीघर भिलेजमा शनिबार इन्द्रेणी साँझ हुने

दीननाथ बराल, पोखरा २० मा रहेको आँटीघर भिलेज जंगल रिसोर्टमा भोलि (शनिबार) इन्द्रेणी साँझ हुने भएको छ । इन्द्रेणी साँझमा कलाकार कृष्ण कँडेल सहितको टोलीको शनिबार दिउँसो १ः०० बजे देखि बेलुकासम्म बिषेश प्रस्तुती रहने भएकोे रिसोर्टका सञ्चालक सरोज गुरुङले बताउनु भयो । घाटीघर मौजामा रहेकोे आटिघर भिलेजमा कँडेल सहित लोक गायक चोलेन्द्र पौडेल, गुरुङ फिल्म नायका तथा लोक गायक सबिना गुरुङ, लोक गायका नबु सुवेदी, गंगा परियार, इन्द्र गुरुङको सहभागिता हुने भएको उहाँले जनाउनु भयो । गाँउ पर्यटन प्रबद्र्धन गर्न… पुरा पढौ

अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, शनिबार सेमिफाइनलका खेलहरु हुने

पोखरा ४, फागुन पोखराको ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शनिबार) देखि सेमिफाइनलका खेलहरु हुने भएका छन् । शुक्रबार पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शनिबार सेमिफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको छ । शनिबार फिस्टेल एकेडेमी बिरुद्ध शान्ति निकुञ्ज स्कुल बिच पहिलो खेल हुने भएको छ भने अर्को खेलमा गत बर्षको विजेता छोरेपाटन मावि र बालोदय बोर्डिङ स्कुल बिच खेल… पुरा पढौ

अर्थतन्त्रमा सुधार भइरहेको दाबी

पोखरा ४, माघ पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार नेपालको अर्थतन्त्र बिस्तारै लयमा फर्किदै गरेको बताएका छन्। धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ? भन्ने बिषयमा विभिन्न सरोकारवाना सहित विज्ञहरुले राखेको राय प्रायः अर्थतन्त्रमा सुधार भइरहेको दाबी गरे । अर्थतन्त्रको बारेमा प्रस्तुतः भएको केही प्रशंग तल प्रस्तुतः गर्दछौं । धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर… पुरा पढौ