
दीननाथ बराल,
गण्डकी प्रदेशले आफ्नो स्थापनाको छैटौं बर्ष पुरा गरी सातौं बर्ष प्रबेश गरेको अवसरमा शुक्रबार प्रदेशको राजधानि पोखरामा प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गरी मनाएको छ । शुक्रबार बिहान पोखराको शहिद पार्कबाट सुरु भएको प्रभात फेरी वाईचोक, रत्नचोक हुदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा पूर्व उद्घोष गरिएको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङको स्वास्थ्यमा समस्या आए पछि उक्त कार्यक्रममा सहभागि हुन सक्नु भएन् । उहाँलाई जुम अनलाइनबाट शुभकामना दिने तयारी गरे पनि वोल्न नसक्ने अबस्थामा रहेको भन्दै उहाँ प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । मञ्चको अग्रपंतीमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशका सभामुख कृष्ण धिताल, निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारी, सस्थापक मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य पृथ्बीसुब्बा गुरुङ लगायतको सहभागिता रहेको थियो ।

उक्त समारोहमा वक्ताहरुले प्रदेश सरकारलाई बलियो र संघियताको मर्म र भावना अनुसार संचालन गर्न केन्द्र सरकारले हाल विनियोजन गर्दै आएको ३ प्रतिशतको बजेटले प्रदेशको आर्थिक विकास उन्नती हुन नसक्ने दावी गर्नु भएको छ । प्रदेश सरकारलाई बलियो र आत्मनिर्भर बनाउन संघिय सरकारले समयमै बनाउनु पर्ने ऐन कानूनहरु समेत बनाउन ढिलाई भएकोले प्रदेशले चाहेर पनि कति पय योजनाहरु अघि बढाउन नसकेको वक्ताको भनाई थियो । सभामुख कृष्ण धितालले प्रदेशको मर्म र भावना अनुसार सबै मन्त्रालय र कर्मचारीहरुले प्रदेशको पहिचानको लागि कटिवद्ध भयर काम गर्न आग्रह गर्नु भयो ।
प्रदेशका संस्थापक मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य (सांसद) पृथ्वीसुब्बा गुरूङले प्रदेश सरकारले आफ्नो सामर्थ्य र शासकिय स्वरूप परिवर्तन गर्न सक्नु पर्नेमा जोड दिदै जनताले अपेक्षाकृत काम गर्न नसक्दा आलोचना खेप्नु परेको बताउनु भयो । संसदमा प्रतिपक्षको भूमिका हुनु पर्ने जोड दिदै प्रदेशको विकासको लागि जनताको विकास निर्माणमा मुखरीत हुने गरी काम गर्नु पर्ने उहाँको भनाई थियो ।

देशमा नेपालमा संघियता बचाउने हो भने पहिला प्रदेश सरकार बलियो बनाउनु पर्ने उहाँको भनाई थियो । प्रदेश सरकारमा प्रश्न उठ्नु भनेको संघियता माथि चुनौती थपिनु भएको दाबी गर्दै सांसद गुरुङले प्रदेश सरकारले आफ्नो भूमिका देखिने गरी काम गर्न सुझाव दिनु भयो । गण्डकीको पर्यटन क्षेत्रको विकासमा भिन्न ढंगले काम गर्नुपर्ने बताउदै सांसद गुरुङले होमस्टे प्रबर्द्धनको अभियान आफ्नो पालामा सुरू गरेको दाबी गर्नु भयो । सिटि भिटिले राम्रोसँग काम नगरी भ्रष्टाचार गरेकोले गण्डकी विश्वबिद्यालय स्थापना गरिएको उहाँको भनाई थियो ।

विना अध्ययन गरि स्कुल र अस्पताल खोलेले पहिलाको संघिय सरकारले अर्बौं लगानी डुवेको आरोप लगाउनु भयो ।
निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले प्रदेश र स्थानीय तहलाई अधिकार केन्द्र सरकारले दिन नखोजेको गुनासो गर्नु भयो । प्रदेश सरकारहरु स्वयत्त नहुँदा केही संस्था अपांगता जस्तो भएको नेता अधिकारको भनाई थियो । अदालको अव्यावहारिक निर्णयले प्रदेशको प्रभावकारीतामा चुनौती खडा भएको उहाँले बताउनु भयो । केन्द्र सरकारको समयमै नियमनको अभावमा सहकारीमा समस्या भएको नेता अधिकारीको दाबी छ । देशमा ३२ हजार सहकारी मध्य १ सय सहकारीमा समस्या भएको जसले गर्दा समग्र सहकारीलाई प्रभावित पार्ने काम भएको उहाँको भनाई थियो । प्लस टु पढ्न नपाउदै विदेश जाने संस्कारलाई राज्यले अब रोक्नु पर्ने नेता अधिकारीको भनाई छ ।

३ प्रतिशत बजेटले प्रदेश सरकारको कसरी विकास हुन सक्छ भन्दै प्रश्न गर्दै उहाँले २५ प्रतिशत बजेटको ब्यावस्था गर्न माग गर्नु भयो । पूर्व मन्त्री समेत हुनु भएको अधिकारीले केन्द्रमा करिब १५ विभागहरू आवश्यक भएको भनाई थियो । जिल्ला समन्वय समिति अनावश्यक भएकोको उहाँको भनाई थियो । उक्त समारोहको अध्यक्ष रहनु भएको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले संघिय सांसदले केन्द्रीय संसदमा प्रदेशको अधिकार र कानून बनाउन ढिलाई भएको बिषयमा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो । प्रदेशलाई समृद्धि, आत्मनिर्भरताका लागि ईमानदारीका साथ लाग्ने बताउदै उहाँले संघिय सांसदले प्रदेश सरकारको बृद्धि विकास र टिकाउको लागि केन्द्रिय सरकारसमक्ष आजाव उठाउन आग्रह् गर्नु भयो ।

प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेश प्रविधि मैत्रि बनाउने अभियानमा आफुहरु लागेको बताउनु भयो । पोखराका मेयर धनराज आचार्यले अझै पनि प्रदेश र संघ सरकारसंग स्थानित तहको समन्वय र सहकार्य हुन नसकेको गुनासो गर्नु भयो ।
गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले पोखराक्लिकलाई बताउनु भयो । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था तथा सार्वजनिक संस्थामा बिदा भएको थियो ।
