
दीननाथ बराल,
पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुन(अनन्त) ले देशमा आर्थिक सुधार हुदै आएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले देशमा खार्थिक सुधारका केही सकरात्मक प्रयासहरु भई रहेको दाबी गर्नु भएको हो ।
अघिल्लो बर्षको तुलनामा यस चालु आर्थिक बर्षको यो समय सम्ममा केही कम युवाहरु विदेशीयको, विदेश गएकाहरुले आफ्नो ज्ञान सिप लियर स्वदेशमै नयाँ उद्योग व्यवसायीमा लागेको उहाँले दाबी गर्नु भयो । बैदेशीक मुद्रा संचित एक बर्ष पुग्ने गरी रहेको दाबी गर्दै पूर्व अर्थमन्त्री पुनले संचित मुद्रालाई मेसिनरी सामान खरिद तथा उद्योमशिल क्षेत्रमा एवं उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।
मधेष प्रदेशमा अझै पनि मिटर व्याजको चर्को समस्या रहेको उल्लेख गर्दै नेता पुनले मिटर व्याजीलाई अपराधि घोषणा गरी आवश्यक कार्वाही गर्न माग गर्नु भयो । सामाजिक सुरक्षा कोषमा हालसम्म करिब ५ लाख आबद्ध भएको दाबी गर्दै पूर्व अर्थमन्त्री पुनले यसले आम नेपालीहरुको भविश्य सुरक्षित गर्ने दाबी गर्नु भयो । सामाजिक सुरक्षाकोषले जन्म देखि, उपचार हुदै बृद्ध अबस्थामा समेत व्यक्तिको रेखदेख गर्ने व्यबस्था हुने हुदा यसको महत्व अब स्थानिय तहसम्म पुर्याउनु पर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले बजेटलाई प्रथामिकता दियर आउदो बजेट ल्याउने गृहकार्य भएको समेत उहाँको भनाई थियो । गठबन्धनले निरन्तरता पाउछ की पाउदैन भन्ने पत्रकारको प्रश्नमा माओबादीका उपमहासचिव पुनले देशमा स्थायीत्व र समृद्धिको लागि बगठन्धन आवश्यक भएकोले यो लामो समय अघि बढ्ने दाबी गर्नु भयो । शान्ति प्रकृया टुंगोमा पुर्याउन र देशमा शुसासन कायम गर्न पनि अहिलेको गठबन्धन कटिवद्ध भएको बताउदै उहाँले राजनीतिमा केहिले काहि एक आपसमा आरोप प्रत्यारोप भई रहने जनाउनु भयो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको बिषयमा पूर्व अर्थमन्त्री पुनले यो कुनै देशसंग जोड्नु भन्दा व्यपारीक दृष्टिले जोडेर चाइना र भारत दुई देशका शहरहरुमा सिधा हवाइ सेवा संचालन गर्न आव्हान गर्नु भयो ।
अहिलेका अर्थमन्त्रीले अपेक्षाकृत राजश्व संकलन र पुंजिगत खर्च बढाउन नसकेकोले प्रधानमन्त्रीले केही सोधपुछ गरेको उहाँको अभिव्यक्ति रहेको थियो । चालु आर्थिक बर्षको पुंजिगत खर्च हालसम्म १९ प्रतिशत मात्र भएको उहाँले जनाउनु भयो । अघिल्लो बर्षको तुलनामा चालु आर्थिक बर्षको हालसम्म हेर्दा करिब ८ प्रतिशत खर्चमा बृद्धि भएको पूर्व अर्थमन्त्री पुनको भनाई थियो । प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दबाडीको अध्यक्षतामा वरपिपल रिसोर्टमा कार्यक्रम भएको हो ।