पोखरा २० मा रहेको आँटीघर भिलेजमा शनिबार इन्द्रेणी साँझ हुने

-


     पोखरा क्लिक     
     फागुन ४ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरा २० मा रहेको आँटीघर भिलेज जंगल रिसोर्टमा भोलि (शनिबार) इन्द्रेणी साँझ हुने भएको छ । इन्द्रेणी साँझमा कलाकार कृष्ण कँडेल सहितको टोलीको शनिबार दिउँसो १ः०० बजे देखि बेलुकासम्म बिषेश प्रस्तुती रहने भएकोे रिसोर्टका सञ्चालक सरोज गुरुङले बताउनु भयो ।

घाटीघर मौजामा रहेकोे आटिघर भिलेजमा कँडेल सहित लोक गायक चोलेन्द्र पौडेल, गुरुङ फिल्म नायका तथा लोक गायक सबिना गुरुङ, लोक गायका नबु सुवेदी, गंगा परियार, इन्द्र गुरुङको सहभागिता हुने भएको उहाँले जनाउनु भयो । गाँउ पर्यटन प्रबद्र्धन गर्न आफुले उक्त कार्यक्रम आयोजना गरेको सञ्चालक गुरुङले जनाउनु भयो । मौजाको पर्यटन प्रवद्र्धन गर्न इन्द्रेणी साँझले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सबैको साथ र सहयोगले आगामी दिनमा यस्तै सांगितीक तथा सामाजिक कार्य गर्दै जाने योजना भएको सुनाउनु भयो ।

हाल पोखरा १६ बस्दै आउनु भएको संचालक गुरुङले आफ्नो पुख्यौंली थलो मौजाको ३२ रोपनी जग्गामा ५ वटा भिल्ला सहितको आँटीघर भिलेज जंगल रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो । रिसोर्ट सञ्चालनमा ल्याएको खुसीयाली र मौजाको प्रवद्र्धन गर्न इन्द्रेणी साँझ गर्न लागिएको बताउदै उहाँले आफुले १५ वर्ष हङकङमा बसेर प्राप्त गरेको ज्ञान र सिप सहितको पैसा एक्र रिसोर्टमा लगानी गरेको जनाउनु भयो । उहाँका अनुसार रिसोर्टमा ७ करोड लगानी भएको छ । आफुहरुले स्थानिय उत्पादनको अन्न, फलफुल तथा तरकारीको बजारको सुनिश्चित गरेको गुरुङले बताउनु भयो । रिसोर्टले केबल आटिघरको मौलिक र अर्गानिक खानेकुरा प्रथामिकता दिने सञ्चालक गुरुङले जनाउनु भयो ।

हङकङमा रहेर रात्रिकालीन व्यवसाय, जिम र रेष्टुरेन्टमा सफल भएपछि आफ्नै जन्मथलोमा व्यवसाय गर्न लागेको बताउदै १८ सय उचाइमा पर्ने आटिघर मौजा रिसोटबाट अन्नपूर्ण, माछापुच्छ«े हिमाल रेञ्ज ल्याण्डस्केलमा देख्न सकिन्छ । अगाडि मनोरम हिमाल, स्वास्छ हावाका साथमा पर्यटन रमाउन सक्छन्,’ उनले भने । ३ वर्षको मेहेनत लगाएर रिसोर्ट तयार पारेको उनले बताउनु भयो । गाँउमा ६० घरधुरी रहेको उल्लेख गर्दै संचालनक गुरुङले रिसोर्टमा अर्गानीक खाना पस्कने बताउनु भयो । तीन वेड सहित रहेको भिल्लामा एक रात बसेको ७ हजार रुपैयाँमा साथमा बिहानको खाजा उपलब्ध हुने उहाँले जनाउनु भयो ।

रिसोर्ट पुगेपछि टेन्टमा बस्न चाहनेले टेन्टमा व्यबस्था हुने गुरुङले जनाउनु भयो । टेन्टको प्रति रात १ हजार ५ सय रुपैयाँ रहेको छ । पोखरा बजारदेखि ११ किलोमिटर दूरीमा रहेको आटिघर मौजामा रहेको उक्त रिसोर्टमा पुग्न सकिन्छ । उक्त रिसोर्ट ढुंगाले छायिएको छ भने मलेसियन सालको काठहरु प्रयोग गरिएको रिसोर्टले जनाएको छ ।