७५ बर्षीय रानाभाटको २२ बर्ष पछि पूरा भयो म्याराथन दौडने सपना

-


     पोखरा क्लिक     
     फागुन ६ गते २०८० मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, फागुन,

व्यक्तिमा इच्छा शक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण दिनु भएको छ ज्येष्ठ नागरिक खड्ग बहादुर रानाभाटले । उमेरले ७५ बर्षका पुग्नु भएको ज्येष्ठ नागरिक रानाभाटले शनिबार पोखरामा सम्पन्न भएको १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२ किलोमिटर) पुरा गर्दै मेडल प्राप्त गरेसंगै आफ्नो २२ बर्ष अघिको सपना पूरा भएको प्रतिकृया दिनु भएको छ ।

आफुले जन्माएको संस्थाबाट म्याराथन दौंड पूरा गर्नु आफ्नोे लागि ठुलो उपलब्धि भएको जनाउनु भयो । नेपाल भुतपुर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष रानाभाटले २०५८ सालमा मञ्च स्थापनाकै बर्ष देखि पोखरामा म्याराथनको अवधारणा अघि बढाएसंगै विभिन्न म्याराथनमा सहभागि उहाँले आफैले आयोजना गर्ने म्याराथनमा किन नदौडने भनेर यस बर्ष उमेरले ७५ बर्ष भए पनि केही आट गरेर सहभागि भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, “अब त मलार्इं उमेरले पनि दिन्न पुरस्कार जित्नको लागि तर भावी पुस्तालाई प्रोत्साहन गर्दै हरेक मानव जीजनमा खेलकुदको महत्व बुझाउन मैले यो ४२ किलोमिटर दौड सबैको साथ र सहयोगले गर्दा पूरा गर्न सफल भएको हुँ । ” सायद अन्तिम समयमा म्याराथन दुरी पूरा नगरी छाड्की भनेको समयमा पूर्व राष्ट्रिय भलिवल तथा अभियान्ता मन्जु गुरुङको साथले गर्दा पूरा गर्न सफल भएको रानाभाटले पोखराक्लिकलाई बताउनु भयो । गौचरणमा परिणत हुदै गर्दा पोखरा रंगशालाको ४ सय १७ रोपनी जग्गा संरक्षणमा मञ्चले खेलेको भूमिका देखि हालसम्म विभिन्न सहयोगी मन र पत्रकारको साथले सार्थक भएको उहाँको भनाई थियो ।

एभरेष्ट, लुम्बिनी र अन्नपूर्ण म्याराथन दौडनु भएको रानाभाटले शनिबार पोखरामा म्याराथन दौड पुरा गर्दा करिब साँढे ७ घण्टा अर्थात साँढे दुई बजेको हुदो हो । रानाभाटले आफ्नो परिवारको नाममा म्याराथनको गण्डकी प्रदेशतर्फको विजेताको पुरस्कार ५० हजार रुपैयाँ समेत सहयोग गर्नु भएको छ । १९७२ को म्युनिक ओलम्पिक छनोटको समयमा र १९७४ मा काठमाडौंमा उहाँ दौडनु भएको थियो । उहाँ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने पोखरा स्पोट्र्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड सहित विभन्नि संघ संस्थाहरुबाट सम्मानित हुनु भएको छ ।