जिवनशैली पत्रिका

सोमबार राति दुर्गा प्रसाईं पक्राउ, समर्थकहरू आजैदेखि आन्दोलनमा

राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाट हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ। प्रसाईंको गिरफ्तारीको विरोधमा नागरिक बचाउ दलले मंसिर ७ गतेका लागि घोषणा गरिएको प्रदर्शन नपर्खी आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने जनाएको छ । दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले ‘मध्यराति अपहरण–शैलीमा गरिएको पक्राउले सरकार स्वयंले शान्ति भंग गरेको’ आरोप लगाउँदै तुरुन्तै आन्दोलनमा उत्रिने बताएका छन्। नागरिक बचाउ दलले प्रसाईको रिहाईको माग समेत गरेको छ । प्रसाईले… पुरा पढौ

पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल

पोखरा, पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको… पुरा पढौ

कास्की आइडल एलिमिनेसन राउन्डमा, गायनतर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा छनोट

पोखरा, मङ्सिर १, रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गरे । सो अवसरमा वडा नं। २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना दिएका थिए । कार्यक्रमका आजीवन… पुरा पढौ

ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा ः गोविन्दराज पहारी

पोखरा, मंसिर, पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पर्यटन व्यवसायी पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्, त्यसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुर्तेल… पुरा पढौ

पोखरा २२ पुम्दी भुम्दीको पीपलडाली खाल्से सडकको शिलान्यास

पोखरा १, मंसिर, पोखरा महानगरपालिका वडा नं.२२ पुम्दी भुम्दीको पीपलडाली खाल्से सडक स्तरोन्नति योजनाको एक समारोहका बिच सोमबार शिलान्यास गरिएको छ । साँढे ३ किलोमिटर सडक स्तरोउन्ती हुने गरी उक्त परियोजनाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले स्रोत अभावका कारण निकै लामो समयसम्म अलपत्र परेको उक्त सडकलाई महानगरपालिकाले यस वर्ष प्राथमिकतामा राखेर स्तरोन्नति थालेको बताउनुभयो । २०८३ भाद्र ७ गतेसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकाले गुणस्तरीय… पुरा पढौ

पोखरा ९ मा कुखराको चल्ला वितरण

पोखरा, पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा वडास्तरिय दलित संजाल पोखरा ९ को आयोजनामा आइतबार ४० जनालाई कुखुराको चल्ला, दाना र औंषधि वितरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले काम गर्दा रिजल्ट देखिने गरी गर्नु पर्ने भन्दै अनावश्यक तालिमहरुमा खर्च गर्न भन्दा कुखुराका चल्ला वितरण कार्यक्रमले न्युनआय भएका दलित तथा विपन्न वर्गलाई राहत पुगेको वताए । सो अवसरमा वडा सदस्यहरु गीता चर्माकार, नन्दराम गिरी रलक्ष्मी पहारी, वडा सचिव कुलराज पौड्याल, टोलविकास संस्था समन्वय समिति पोखरा ९ का… पुरा पढौ

कर दिवसः २ करोड कर तिरेको आरकेडी र ८५ लाख तिरेको खिलुङ कालिकालाई पोखरामा सम्मान (भिडियो सहित)

पोखरा, १ मंसिर, जेनजी आन्दोलनको कारण आन्तरिक राजस्व कार्यालय पोखराले यस बर्ष एक समारोहका बिच राष्ट्रिय कर दिवस–२०८२ पोखरामा मनाएको छ । अन्य बर्ष साप्ताहिक रुपमा एक साता विभिन्न कार्यक्रम गर्दै कर सप्ताह कार्यक्रम गर्दै आएको कार्यालयले यस बर्ष माथि केन्द्र्रबाट परिपत्र भए अनुसार सोमबार कार्यालय परिसरमै एक समारोहका बिच दुई करदातालाई सम्मान गर्दै कर दिवस मनाइएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुँगानाले पोखराक्लिकलाई बताए । https://www.youtube.com/watch?v=Xt5jyZK-N7A नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई स्मरण गर्दै हरेक… पुरा पढौ

पर्यटन व्यवसायी बसन्त दवाडीको निधन

पोखरा, कास्कीका पर्यटन व्यवसयाी बसन्त दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासमा अग्रणी भुमिका खेल्दै आउनु भएको थियो । नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (नां) का समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज… पुरा पढौ

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छ ः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश… पुरा पढौ

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सापकोटा

पोखरा, २९ कार्तिक, पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले संचालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ । शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश विष्णु कार्की, बलराम बराल, शोभाकान्त सिग्देल, शारदा पराजुली, युवराज त्रिपाठी र हिमबहादुर गुरुङ रहेका छन् । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु र विश्वविद्यालयको तर्फवाट सहयोग गर्न सदैव तयार रहेको भने । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर र आत्मविश्वासी… पुरा पढौ