केयरसिंहको ठक्करहरूको यात्राशास्त्र विमोचन
पोखरा १, कार्तिक कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा(प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महत्त्व राख्ने उनको भनाइ थियो । कृतिको…
पुरा पढौ
एक हप्तामै गण्डकी प्रदेशमा करिब २ हजार जनामा डेंगु संक्रमण, अझै सचेत रहन चिकित्सकको सुझाव
दीननाथ बराल पोखरा १, कार्तिक नहिलो न धुलो भनेर असोज महिनालाई भन्ने गरे पनि यस बर्षको असोज महिनामा निरन्तर जसो गण्डकी प्रदेशको कास्की सहितका अन्य जिल्लामा निरन्तर रुपमा पानी गर्दा लाखुट्टेको टुकाईले उत्पन्न हुने डेंगु शंक्रमण रोग समेत बढ्दो क्रममा रहेको छ । अझै केही समय डेंगु शंक्रमण दर बढ्न सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्। पछिल्लो एक हप्तामा गण्डकी प्रदेशमा डेंगु संक्रमण दर करिब २ हजार जनामा यसको शंक्रमण देखा परेको हो । गण्डकी प्रदेशमा हालसम्म ८…
पुरा पढौ
होटलमा हुने अवैध कृयाकलाप नियन्त्रण गर्न सुझाव
दीननाथ बराल पोखरा १, कार्तिक बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले होटलहरुमा हुने अवैध कृयाकलापलाई नियन्त्रण गर्न सुझाव दिनु भएको छ । पृथ्वी होटल व्यवसायी समितिले बुधबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व विजया दशमी एवं शुभ दीपावली, नेपाल सम्वत तथा सम्पूर्ण चार्डहरूको शुभकामना आदान प्रदान तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । होटललाई कतिपय अपराधिक गतिविधिको केन्द्र बनाउने गरेको प्रशंग उल्लेख गर्दै वक्ताहरुले होटललाई कुनै पनि अवैध कृयाकलाप हुने अखडा बनाउन नहुने बताउनु…
पुरा पढौ
पोखरा २२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन
जीवन बराल पोखरा, ०१ कात्तिक पोखरा महानगरपालिका वडा नं।२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं।२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पोखरा महानगरपालिका कृषकहरूको उत्पादन…
पुरा पढौ
फेवातालका डुङ्गा चालकहरूको मा.प.से.
जीवन बराल पोखरा १, कार्तिक पोखराको फेवातालका डुङ्गा चालकहरूको आज (बुधबार) मादक पदार्थ सेवन (मा.प.से.) को परिक्षण गरिएको छ । पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित फेवातालमा समय–समयमा डुङ्गा दुर्घटना हुने घटनालाई मध्यनजर गर्दै उक्त घटनाको न्यूनिकरणको लागि डुङ्गा चालकहरूको मा.प.से. परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.श्रवणकुमार बि.क.ले बताउनु भयो । वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदामको सहकार्यमा फेवातालमा डुङ्गा चालकहरूले मादक पदार्थ सेवन गरे÷नगरेको सम्बन्धमा चेकजाँच तथा डुङ्गामा सवार सर्वसाधरणहरूले लाईफ…
पुरा पढौ
बिना अनुमती अनुदानको मल १८ रुपैयाँ बढि मुल्यमा बिक्री
पोखरा, कात्तिक १ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्रीवितरण गरेको फेला परेको छ ।सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मलमा झण्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला परेको हो । अनुदानको मल तोकिए भन्दा बढि मुल्यमा किसानलाई बिक्री गरेको गुनासो आउने बित्तिकै पोखरा महानगरपालिकाका उपप्रमुख एंव अनुगमन समितिका सयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति पनि नभएको र बढि मुल्यमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले पोखरा…
पुरा पढौ
पोउवा संघले पूर्वअध्यक्ष पालिखेलाई सुम्पियो चीनका उवा संघसँगको सम्बन्धको जिम्मेवारी
पोखरा, १ असोज पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेलाई मित्रराष्ट्र चीनका विभिन्न सहरमा रहेका उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी सुम्पेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा यही असोज २७ गते बसेको १५ औं बैठकले पूर्वअध्यक्ष पालिखेलाई सो कार्यको लागि संयोजकको जिम्मेवारी सुम्पेको महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार समन्वय र सहकार्यअन्तर्गत ‘भगिनी सम्बन्ध’ बिस्तार पनि समेटिएको छ ।
पुरा पढौ
न्युरोडको सिटि स्क्वायरमा फर्निचर मेला सुरु
पोखरा१, कार्तिक फर्निटेक नेपाल प्रालिले पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्वेटमा फर्निचर एक्सचेञ्ज सहित प्रदर्शन सुरु गरेको छ । कार्तिक १ गते देखि तीन दिन सम्म चल्ने उक्त अफरमा कुनै पनि फर्निचरका सामाग्रीमा ३० देखि ६० प्रतिशत छुटमा प्रीमियम क्वालिटिका सोफा बिक्रिमा राखिएको छ । जनसमुदायको राम्रै चासो रहेको मेलामा फर्निचरमा ५ बर्षको वारेन्टी दिइएको उनले बताए । प्रदर्शन गरिएका फर्निचरहरुको गुणस्तर एवम् कालिगडी उच्चस्तरीय रहेको कम्पनीका संचालक कृष्ण बरालले वताए । चितवनमा केन्द्रिय कार्यलय रहेको उक्त प्रालिले पोखरामा पनि…
पुरा पढौ
युआरएल पुरस्कारका लागि छनोट समिति
पोखरा, १ कात्तिक यसपालिको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ । युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नारायण ओझाले गर्ने छन् । ८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार…
पुरा पढौ
पोखरामा हालसम्म ५ हजार यात्रुले मात्र अग्रिम टिकट बुकिङ गरे
डि.एन.बी. पोखरा ३०, असोज यस पालीको वडा दशैंको अवसरमा पोखरा क्षेत्रबाट अनेत्र जाने यात्रुहरुले हालसम्म करिब ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गर्नु भएको छ । अग्रिम टिकट बुकिङ खुल्ला अघिल्लो सोमबार देखि सुरु भएको भए पनि हालसम्म करिब ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गरेको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । गण्डकी प्रदेशको राजधानि पोखरामा विभिन्न काम तथा रोजगार एवं पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरु आफ्नो थाक थला(जन्म स्थल)मा दशैंमा जानको लागि…
पुरा पढौ

