पोखरामा हालसम्म ५ हजार यात्रुले मात्र अग्रिम टिकट बुकिङ गरे

-


     पोखरा क्लिक     
     असाेज ३० गते २०८० मा प्रकाशित


डि.एन.बी.
पोखरा ३०, असोज

यस पालीको वडा दशैंको अवसरमा पोखरा क्षेत्रबाट अनेत्र जाने यात्रुहरुले हालसम्म करिब ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गर्नु भएको छ । अग्रिम टिकट बुकिङ खुल्ला अघिल्लो सोमबार देखि सुरु भएको भए पनि हालसम्म करिब ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गरेको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो ।

गण्डकी प्रदेशको राजधानि पोखरामा विभिन्न काम तथा रोजगार एवं पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरु आफ्नो थाक थला(जन्म स्थल)मा दशैंमा जानको लागि अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब एक चाथाईले मात्र अग्रिम टिकट बुकिङ गर्ने उहाँले जनाउनु भयो ।

अघिल्ला बर्षको जस्तो दशैंको अवसरमा यात्रुहरुमा उत्साह नदेखिएको अध्यक्ष केसीले एटुजेडलाई बताउनु भयो । गत बर्ष ३८ हजार जनाले अग्रिम टिकट बुकिङ गरे पनि यस बर्षको लागि हाल नवरात्रको तेश्रो दिनसम्म आउदा ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गरेको अध्यक्ष केसीले जनाउनु भयो । यस बर्ष मुस्किलले १० हजार जनाले अग्रिम टिकट बुकिङ गर्ने उहाँले अनुमान गर्नु भएको छ ।

यसैबिच, पर्यटक बस संचालन गर्ने संस्था नाट्टा गण्डकीले दशैं पर्व लक्षित गरी यस बर्ष करिब ८० प्रतिशत यात्रु बाहक बस तथा माइक्रो बस संचालन गर्ने तयारी गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनु भयो । कोभिड १९ पछि करिब ५० प्रतिशत मात्र आफ्ना सवारी साधनहरु संचालन भएको अबस्थामा हाल यात्रुको माग भए अनुसार ८० प्रतिशतसम्म संचालन गर्ने गरी तयारी गरेको उहाँले बताउनु भयो ।