फेवातालका डुङ्गा चालकहरूको मा.प.से.

-


     पोखरा क्लिक     
     कार्तिक १ गते २०८० मा प्रकाशित


जीवन बराल
पोखरा १, कार्तिक

पोखराको फेवातालका डुङ्गा चालकहरूको आज (बुधबार) मादक पदार्थ सेवन (मा.प.से.) को परिक्षण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित फेवातालमा समय–समयमा डुङ्गा दुर्घटना हुने घटनालाई मध्यनजर गर्दै उक्त घटनाको न्यूनिकरणको लागि डुङ्गा चालकहरूको मा.प.से. परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.श्रवणकुमार बि.क.ले बताउनु भयो ।

वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदामको सहकार्यमा फेवातालमा डुङ्गा चालकहरूले मादक पदार्थ सेवन गरे÷नगरेको सम्बन्धमा चेकजाँच तथा डुङ्गामा सवार सर्वसाधरणहरूले लाईफ ज्याकेटको प्रयोग गरे÷नगरेको सम्बन्धमा अनुगमन गरी सचेतना मूलक कार्यक्रम गरिएको उहाँले बताउनु भयो । उक्त अवसरमा ५० जनामा गरिएको मापसे परिक्षणमा शतप्रतिशत मापसे नगरेको भेटिएको तर ३ जनाले लाईफ ज्याकेन नलगाएको भेटिएकोले पहिलो चरणमा सम्झाई बुझाई छाडिएको डिएसपी बि.क.ले बताउनु भयो ।