दीननाथ बराल
पोखरा १, कार्तिक
बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले होटलहरुमा हुने अवैध कृयाकलापलाई नियन्त्रण गर्न सुझाव दिनु भएको छ । पृथ्वी होटल व्यवसायी समितिले बुधबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व विजया दशमी एवं शुभ दीपावली, नेपाल सम्वत तथा सम्पूर्ण चार्डहरूको शुभकामना आदान प्रदान तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त सुझाव दिनु भएको हो ।
होटललाई कतिपय अपराधिक गतिविधिको केन्द्र बनाउने गरेको प्रशंग उल्लेख गर्दै वक्ताहरुले होटललाई कुनै पनि अवैध कृयाकलाप हुने अखडा बनाउन नहुने बताउनु भएको हो । समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) को अध्यक्षतामा भएको कार्यक्रम वक्ताहरुले पर्यटकीय नगरी पोखरामा राम्रासंगै नराम्रा गतिविधि सहित अपराधिक कृयाकलाप गर्ने समुहहरु समेत सक्रिय रहदै आएको दाबी गर्दै त्यस्ता गतिविधिमा संलग्न हुनेहरु प्रति होटल संचालक देखि अन्य व्यवसायी एवं शान्ति सुरक्षामा खटिने प्रहरीसंग आवश्यक समन्वय गर्न सुझाव दिइएको थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख एंव डीएसपी राजेन्द्र श्रेष्ठले पोखरामा अबैध मदिराले चुनौती थपिएको दाबी गर्दै अवैध मदिरा नियन्त्रण गर्न याक्सन प्लान बनाउन लागेको बताउनु भयो । अपराधिक गतिविधि रोक्न सबैको साथ सहयोग आवश्यक भएको बताउदै उहाँले प्रविधिमा आधारित आफुहरु पोखरा नगरको शान्ति सुरक्षा गर्न कटिवद्ध रहेको उल्लेख गर्नु भयो । पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइड देखि पोखराको पर्यटनको मुलद्धार पृथ्बीचोक, छोरेपाटन लगायतको क्षेत्रमा चार्डपर्वको अवसरमा हुने चोरीडकैती देखि अवैध कृयाकलापलाई नियन्त्रण गर्न आन्तरिक तयारी गरेको डिएसपी श्रेष्ठले बताउनु भयो । सिसि क्यामराको संजाल सहित लाईटीङको आवश्यक व्यबस्था हुनु पर्नेमा जोड दिदै डिएसपी श्रेष्ठले शान्ति सुरक्षाको पहिलो प्रथामिकता व्यक्ति भएकोले हरेक व्यक्ति आफै स्वयम सचेत रहन उहाँले आग्रह गर्नु भयो । उहाँले भन्नु भयो “ होटलका कोठा अपराधको थलो नवनोस, धेरै जसो अपराधिक गतिविधि गर्ने योजनाहरु होटलहरु नै प्रयोग भएको पाइन्छ, अपराधिक गतिविधि गर्ने योजना पूर्व तयारी, होटलमै ल्याई फिरौती माग गर्ने, वन्दक बनाउने सम्मका गतिविधि हुने हँुदा यसमा शंका लागेमा जो कोहीले प्रहरीलाई खबर गर्न सक्नु हुन्छ ।”
कानूनी झनझटमा नफस्न होटलहरुले रुम दिदा परिचयपत्र अनिवार्य माग गरी उनीहरुको सम्पर्क नम्बर सहितको ठेगना लिन प्रहरीले आग्रह गर्दै आएको छ । होटल व्यावसायीलाई डिएसपी श्रेष्ठले आन्तरिक सुद्धिकरण गर्नु पर्नेमा जोड दिदै सभ्य ढंगबाट आफ्नो व्यापार व्यवसाय गर्न सुझाव दिदै यात्रुको झोला तानातान गर्ने, विजयपुर र छोरेपाटनबाट मोलमोलाई गर्ने जस्ता कृयाकला नगर्न चेतावनी दिनु भएको छ ।
समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले आफ्नो गक्ष अनुसार दशैं पर्व मनाउन आग्रह गर्दै पोखराको शान्ति सुरक्षा कायमभ गर्ने बिषयमा आफुहरु सधै तयार रहेको बताउनु भयो । समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले दुर्घटना वनायर आश्रय स्थल पनि होटलहरू प्रयोग गर्ने भएकोले त्यसलाई नियन्त्रण गर्न प्रहरीहरुसंग आफुहरुले सहजीकरण गर्ने बताउनु भयो । चार्वपर्वमा सुरक्षा चुनौती हुने उहाँको भनाई थियो । समितिका उपाध्यक्ष राजु सुनारले पोखराको पर्यटनको प्रबेशको द्धुवार पृथ्बीचोक क्षेत्रमा रात्रिकालिन सेवा संचालन गर्न माग गर्नु भयो । एक व्यावसायी भक्त प्रसाद अधिकारी प्रहरीले स्थानिय शान्ति सुरक्षामा सहजीकरण गर्न आग्रह गर्नु भयो । पोखराको पर्यटन प्रबद्र्धनमा समितिले महत्वपूण भूमिका खेल्दै आएको महासचिव इन्दु देवि श्रेष्ठले बताउनु भयो ।