दीननाथ बराल
पोखरा १, कार्तिक
नहिलो न धुलो भनेर असोज महिनालाई भन्ने गरे पनि यस बर्षको असोज महिनामा निरन्तर जसो गण्डकी प्रदेशको कास्की सहितका अन्य जिल्लामा निरन्तर रुपमा पानी गर्दा लाखुट्टेको टुकाईले उत्पन्न हुने डेंगु शंक्रमण रोग समेत बढ्दो क्रममा रहेको छ । अझै केही समय डेंगु शंक्रमण दर बढ्न सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्।
पछिल्लो एक हप्तामा गण्डकी प्रदेशमा डेंगु संक्रमण दर करिब २ हजार जनामा यसको शंक्रमण देखा परेको हो । गण्डकी प्रदेशमा हालसम्म ८ हजार ६ सय ९४ जनामा डेंगु संक्रमण देखा परेको गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक हप्ता अघि प्रदेशमा ६ हजार ७ सय ७८ जनामा डेंगु संक्रमण देखा परेको थियो ।
गण्डकी प्रदेशको तनहुँमा सबै भन्दा धेरै ५ हजार ६ सय ६७ जनामा डेंगु शंक्रमण देखा परेको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.मधुरजी ढकालले एटुजेडलाई बताए । अघिल्लो एक हप्ता अघि तनहुँमा ४ हजार ६ सय ५१ जनामा डेंगु संक्रमण देखा परेको थियो । चालु आर्थिक बर्षको हालसम्म मुस्ताङ बाहेक १० जिल्लामा देखिएको उक्त तथ्याङक अनुसार डेंगु संक्रमणबाट हालसम्म प्रदेशमा ५ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।
कास्कीमा हाल १ हजार ६ सय ७० जनामा डेंगु संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले एटुजेडलाइए बताए । कास्कीमा पछिल्लो एक हप्तामै १ सय ८९ जनामा डेंगु शक्रमण देखा परेको उहाँले जनाए । कास्कीमा एक हप्ता अघि १ हजार ४ सय ८१ जनामा डेंगु संक्रमण देखा परेको थियो । बर्षाद अझै नरोकिएकोले गर्दा डेंगु शंक्रमणको जोखिम अझै केही समय रहने चिकित्सकहरुले सुझाव दिदै आएका छन् ।
गण्डकी प्रदेशकै सबै भन्दा ठुलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हिजोआज डेंगु संक्रमणका बिरामीहरु आउने क्रम जारी रहेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताए । अझै पानी पर्न नछाडेकोले लाखुट्टेको टुकाईले उत्पन्न हुने डेंगु शंक्रमण रोग बढ्न सक्ने निर्देशक डा. भरत खत्रीले दाबी गरे ।
उक्त अस्पतालमा हाल ७ जना डेंगुका बिरामीहरु भर्ना गरी उपचार हुँदै गरेको अस्पतालका बरिष्ठ मेडिकल रेकर्डर अधिकृत भिम प्रसाद पौडेलले बताए । उनका अनुसार पछिल्लो एक हप्तामा अस्पतालमा परिक्षण गरेका बिरामीहरु मध्यबाट १ सय १० जनामा डेंगु शंक्रमण देखा परेको हो । अस्पतालमा प्रायः दैनिक जसो १ हजार ७ सय जना सेवाग्राहीहरु आउने गर्छन ।